Logo
|
Thursday 28th March 2024
Logo

epaper

पार्टनरको स्पर्शः भावनात्मक सन्तुष्टी र माया



यौन र सम्बन्ध


यौन सम्बन्धले वैवाहिक दम्पत्तिको सम्बन्ध बलियो बनाउँछ । स्वस्थ र सुन्दर राख्न मद्धत गर्छ । यौन सम्बन्धले शारीरिक नजिक मात्र नभई भावनात्मक सन्तुष्टि र मायाको अनुभव गराउदँछ ।
१. यौनक्रियाले स्ट्रेस हर्मोनको स्राबमा कमी ल्याउँछ । यसले स्ट्रेस लेवल कम हुन्छ । चिन्तामुुक्त मानिसको जीवन सँधै खुशियाली रहन्छ ।
२. नियमित यौन सम्बन्धले दम्पत्तिको प्रजनन स्वास्थ्यमा सक्रियता आउँछ । यसबाट बच्चा योजना गर्न कुनै समस्या हुँदैन ।
३. नियमित यौन सम्बन्धले पेल्बिक मसल्सको यूरीन बहाव नियन्त्रण गर्ने शक्ति बढ्दछ । यसले मूत्राशय धेरै नियन्त्रित हुन्छ ।्
४. नियमित यौन सम्बन्ध राख्नाले महिलाको महिनावारी नियमित हुन्छ । अनियमित महिनावारीको समस्या हट्छ ।
५. यौन सम्बन्धले चरमोत्कर्षको अनुभव गराउँछ । यसले शरीरमा आक्सिटोसिन र एडोर्फिन हर्मोनको स्तर बढाउन मद्धत गर्छ ।
६. नियमित हुने यौन सम्बन्धले पेल्विक, आम्र्स, एब्डामिन, चेस्ट र बटकको छाला बलियो हुन्छ ।
७.यौनक्रियाको समयमा पसिना निकाल्नाले छालाको रोम छिद्र खुल्दछ । यसले त्वचा खुलेर सास लिन्छ र सँधै स्वस्थ हुन्छ ।
८. सातामा तीन चार पटक यौन सम्बन्ध राख्नाले मुटुलाई फाइदा गर्छ । रोग हुने खतरा कम गर्छ । यस्ता दम्पत्तिलार्य हृदयघात हुने संभावना कम हुन्छ ।
९ शरीरमा गुड कोलेस्ट्रोल र ब्याड कोलेस्ट्रोलको सन्तुलन कायम राख्न नियमित यौनसम्बन्ध महत्वपूर्ण मानिन्छ ।
१०. यौन सम्बन्धको समयमा चरमोत्कर्ष भन्दा पहिले शरीरमा इन्डोर्फिन हर्मोनको स्राव हुन्छ । यसले महिनावारीको समयमा हुने दुखाइ , अर्थराइटिसको दुखाइ, र टाउको दुख्ने समस्याबाट राहत मिल्दछ ।
११. एक मिनेट सम्म लगातार किस गर्नाले २६ कैलोरी खर्च हुन्छ । यो सँगै यौनक्रिया गर्दा २०० देखि ३०० कैलोरी खर्च हुन्छ । यसले मोटोपन कम गर्न मद्धत गर्छ ।
१२ .स्वस्थ्य यौन जीवन भएका दम्पत्ति सँधै जवान देखिन्छन् ।
१३. हप्तामा तीन देखि चार पटक यौन सम्बन्ध राख्नाले शरीरमा इम्यूनोग्लोबिन नाम एन्टीबडीको स्राब सामान्य मानिस भन्दा ३० प्रतिशत धेरै हुन्छ । यसले रुघा, खोकी लाग्ने सम्भावनामा कमी ल्याउँछ ।
१४. यौनसम्बम्बन्धले तनाव र रिस कम गर्छ । त्यसैले यसलाई कम गर्न यौन जीवनलाई स्वस्थ्य बनाउन कोशिस गर्नुपर्छ ।
१५. छाला र कपालको लागि नियमित यौन सम्बन्ध फाइदाजनक मानिन्छ । यौनक्रियाको समयमा महिलाको शरीरमा एस्ट्रोजनको स्राब धेरै हुन्छ जसले छाला स्वस्थ र कपालमा चमक आउँछ ।
१६. डायबिटीज, ब्लडप्रेशर, मोटोपनबाट पीडित दम्पत्तिका लागि नियमित यौन सम्बन्ध राम्रो मानिन्छ । यसले ब्लडसुगर एवं लिपिड लेबल्सलाई नियन्त्रणमा राख्न मद्धत गर्छ ।
१७. हेल्दी सेक्स लाइफको मूडफ्रेश रहन्छ र आत्मबिश्वास बढ्दछ । त्यसैले यस्ता कपल्स प्रोफेशनल लाइफमा सफलता हासिल गर्दछन् ।
१८. नियमित यौन सम्बन्ध राख्ने दम्पत्तिको यौन क्षता बढाउन मद्धत गर्छ । यसबाट यौनक्रिया आनन्दमय हुन्छ
१९. नियमित यौन सम्बन्धबाट शारीरिक र मानसिकसन्तुष्टि मिल्दछ । यसले पति पत्नी बीचको सम्बन्ध अझ बलियो बनाउँछ ।
२०. नियमितको यौन सम्बन्धले पति पत्नी बीच माया र आफ्नोपन बढउँछ ।

प्रतिक्रिया दिनुहोस्