Logo
|
Thursday 25th April 2024
Logo

epaper

वेड र विशेषज्ञ सेवा उपलब्ध गराउन नसक्नु हाम्रो कमजोरी



सबै जनतालाई स्वास्थ्यमा पहुँच पु¥याउने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हो । कोही पनि स्वास्थ्योपचारबाट बञ्चित हुन हुँदैन । सबैले आधारभुत स्वास्थ्य सेवा पाउने संविधान प्रदत्त अधिकार हो । आधारभूत स्वास्थ्य सेवाअन्तर्गत खोप, परिवार नियोजन, क्षयरोग, आामा सुरक्षालगायत धेरै छन् । अहिले सरकारले धेरै पैसा खर्च हुने केही असाध्य रोगमा सहयोग गरेको छ । विपन्न नागरिकका लागि औषधोपचार खर्च दिएको छ । डायलाईसिस र मिर्गौैला प्रत्यारोपण सेवा निःशुल्क छ ।
जनतालाई स्वस्थ्य गराउन राज्यले लगानी गरेको छ । सक्षम र दक्ष जनशक्ति नभई देशको विकास हुन सक्दैन । यसमा सरकारले अझै लगानी बढाउनुपर्छ । सर्वसाधारणले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ । निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले उचारात्मक सेवालाई जोड दिएका छन् । उनीहरुको सेवा सुलभ बनाउन गृहकार्य भइरहेको छ । जिल्ला, क्षेत्र, विभाग र मन्त्रालयमा दर्ता भएका अस्पतालहरुको सम्बन्धित संस्थामा रेकर्ड छ । गत माघदेखि दर्ता प्रक्रियालाई सक्रियताका साथ अघि बढाएको छ । सबैलाई दर्ता प्रक्रियामा ल्याउने कार्य भइरहेको छ । प्रतिस्पर्धा बढेपछि जनताले गुणस्तरीय सेवा सुलभ मूल्यमा प्राप्त गर्न सक्छन् ।

औषधिको मूल्य, शल्यक्रियाको शुल्क तोक्ने कुरामा पनि वर्कआउट भइरहेको छ । बिरामीको ओपिडी शुल्क तोकिएको छ । तर त्यो भन्दा बढी शुल्क विभिन्न बहानामा लिएको अवस्था छ । ओपिडी शुल्क ४ सय ७५ रुपियाँ र स्वास्थ्य सेवा कर ५ प्रतिशत जोडेर लिन पाउने व्यवस्था छ । नाम चलेका केही अस्पतालहरुले १ हजार ५० रुपियाँसम्म ओपिडी शुल्क लिने गरेको पाइएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवा’ हाम्रो चाहना हो । गुणस्तरीयताका लागि न्यूनतम मापदण्ड तोकेका छौं । अहिले ग्रेडिङ गर्नुपर्ने आवश्यकता छ । भारतको मेदान्तामा काम गर्ने एकजना डाक्टरले मलाई एकपटक भनेको थिए—‘नेपाली बिरामीहरु झरना हेर्न र सोफामा बस्न आउँछन् । भारतको जस्तो राम्रो उपचार नेपालमा छ । तर उनीहरुले काम गर्ने ठाउँमा त्यस किसिमको वातावरण छैन जसले सेवा प्रदायकसँगको विश्वसनियता कम हुन्छ ।’
नेपालमा विभिन्न सामाजिक र आर्थिकस्तरका जनता छन् । सम्पन्नबाट लिएको पैसाले विपन्नले निःशुल्क सेवा प्राप्त गरोस् भन्ने हाम्रो चाहना हो । विगतमा स्वास्थ्य मन्त्रालयले प्रिभेन्टिभ र प्रोमोटिभ हेल्थ केयरमा आफ्नो ध्यान केन्द्रित ग¥यो । यसले अहिलेसम्म राम्रो उपलब्धी हाँसिल भएको छ । आज विश्व सामु गौरव गर्ने एउटै कुरा हो—‘नेपालमा मातृ मृत्युदर, बाल मृत्युदर घटेको छ । जनसंख्याको वृद्धिदर कम भएको छ । औषत आयु बढेको छ ।’
हामीले उपचारात्मक सेवाको विस्तार गर्न सकेका छैनौं । वेड संख्या विस्तार गर्न सकेका छैनौं । यो हाम्रो कमजोरी हो । गाउँमा अस्पताल र विशेषज्ञ सेवा पु¥याउन सकेको अवस्थामा काठमाडौंमा हुने बिरामीको अत्यधिक चाप घट्छ ।

प्रतिक्रिया दिनुहोस्