Logo
|
Thursday 25th April 2024
Logo

epaper

मिर्गौलालाई असर गर्ने कारक तत्व



यहाँहरुको उद्देश्य के हो ?
सम्बन्धित विधामा अनुभव बटुलेका युवा पुस्ताका चिकित्सकहरुको साथ र सहयोगमा सहुलियत शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । खासगरी हामीले नुवाकोट धादिङ, टिस्टुङ पालुङलगायत क्षेत्रका बिरामी लक्षित गरेका छौं ।

रोकथामबारे के भन्नुहुन्छ ?
‘रोकथाममा केन्द्रित हुनुपर्छ’ भन्ने हाम्रो मान्यता छ । जस्तोः उच्च रक्तचाप, मधुमेह रोग जति सामान्य लाग्छ, यसलाई व्यवस्थापन गर्न नजान्दा पार्ने संभावित खतरा ठूलो हुन्छ । त्यसैले यसलाई बेलैमा नियन्त्रण गर्नुपर्छ । यसबारे व्यापक जनचेतनाको जरुरत पर्छ ।

मिर्गौलालाई असर पार्ने कारक तत्वहरु के के छन् ?
मधुमेह, उच्चरक्तचाप, ग्लोमेरुलोनेफ्राइटिस (जिएन) ले मिर्गौलालाई असर गर्छ । यसलाई नियन्त्रणमा राखेमा दीर्घकालीन मिर्गौला रोग हुने संभावनालाई कम गर्न सकिन्छ । जनचेतना र रोकथामलाई ब्यापक गर्नुपर्छ ।
अहिले डाक्टर र बिरामीबीच सम्बन्ध चिसिदै गएको हो ?
अहिले बिरामी र डाक्टर बीचको दुरी बढेको होइन घटेको छ । आफूलाई द्धिविधा भएका कुरा बिरामीले व्यक्तिगत रुपमा जानकारी लिन सक्छन् । राम्रो उपचार सेवा दिनुपर्छ । अस्पताल मन्दिर जस्तै हो । बिरामीको विश्वास हुनुपर्छ । रोग निम्त्याउने कारक पत्ता लगाएर उपचार गर्नुपर्छ । जस्तोः टाउको दुख्ने रोग नभएपनि ‘रोगको लक्षण हो’ भन्ने ख्याल गर्नुपर्छ ।
काउन्सिलिङको भूमिका कस्तो हुन्छ ?
उपचारसँगै बिरामीलाई ८० % काउन्सिलिङको जरुरत पर्छ । काउन्सिलिङबाट ५० प्रतिशत रोग निको हुन्छ । किनभने कुनै रोग नभए पनि बिरामी भ्रममा परेको हुन्छ । जस्तो उच्च रक्तचापका बिरामीलाई औषधिमात्र दिएर हुदैन । कसरी खाने देखि खानपान, पथपहरेज बारे बुझाएमा धेरै प्रभावकारी हुन्छ ।
बिरामीको खानपानबारे बताइदिनुस् न ?
बिरामीलाई खानेकुराको धेरै महत्व हुन्छ । डायटिसियनबाट खाना चार्ट उपलब्ध गराउनु पर्छ । ‘कुन खानामा कति क्यालोरी छ’ भनेर सूची अनुसार खाने सल्लाह दिनुपर्छ ।
बाथले मिर्गौलालाई पार्ने प्रभाव कस्तो हुन्छ ?
बाथ रोग धेरै किसिमका हुन्छन् । बाथरोगका कारण मिर्गौलामा समस्या आउनसक्छ । बाथरोगमा दुखाई धेरै हुन्छ । दुखाई कम गर्ने औषधिको सेवनले मिर्गौलामा असर गरिरहेको हुन्छ । जथाभावी जडिबुटी भनेर विभिन्न औषधि सेवनले पनि मिर्गौलालाई असर गरिरहेको हुन्छ ।
एकपटक मिर्गौलामा असर पुगिसकेपछि समाधान हुँदैन । ड्यामेज भइसकेका नेफ्रोन फिर्ता ल्याउन सकिदैन । अन्य बाँकी नेफ्रोन जोगाउने मात्र हो ।
बाथमा प्रयोग गरिने औषधिले सबैलाई असर गर्छ ?
बाथ रोगमा प्रयोग गरिने औषधिले सबैको मिर्गौला खराव हुन्छ भन्ने हुँदैन । यो विभिन्न मानिसको शारीरिक संरचना अनुसार फरक फरक हुन्छ । कतिलाई असर गर्छ भने कतिलाई औषधिले त्यति खराब पु¥याउँदैेन । औषधिको डोज र ड्यूरेसन धेरै भएमा मिर्गौला खराब हुनसक्ने संभावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्