Logo
|
Wednesday 24th April 2024
Logo

epaper

एचआइभी/एड्सका विरुद्धमा लड्न युवालाई आह्वान



 जिम्बाबेका राष्ट्रपति इड्गार लङगुले एचआईभी/एड्स विरुद्धको लडाईमा सम्लग्न हुन युवाहरुलाई आह्वान गर्नुभएको छ ।

देशको अन्य विकासका लागि बाधक र चुनौति बन्दै गएको रोगका विरुद्धमा लड्न उहाँले सोमबार युवाहरुलाई आह्वान गर्नुभएको हो ।
विश्व एड्स दिवसको अवसरमा उहाँले एचआइभी संक्रमण विशेष गरेर युवा अवस्थामा सुरु हुने भएकाले युवाहरु नै यसका विरुद्धमा लड्नु पर्ने बताउनु भयो ।
उहाँले सवै बालबालिका र युवाहरुलाई एचआईभीको संक्रमण छ की छैन भन्ने जाँच्नका लागि “आफ्नो अवस्था थाहा पाऔं” भन्नुभयो । अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनु भएको छ ।
हरेक बर्षको डिसेम्बर १ लाई विश्वभरी एचआइभी एड्स दिवसका रूपमाम मनाउने गरिन्छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्