मुटु स्वास्थ्यमा सञ्चार जगतको भूमिका

डा. अवनिभुषण उपाध्याय, वरिष्ठ मुटुरोग बिशेषज्ञ, मेडिकेयर हस्पिटल लि. || प्रकाशित मिति :2017-12-14 05:04:13

मुटुरोग विश्वव्यापी रुपमा महामारीको रुपमा बढेकोका छ । मुटुरोगबाट बच्ने र रोकथामतिर अग्रसर हुने एक मात्र प्रभावकारी उपाय जनचेतना हो जुन पश्चिमा विकसित राष्ट्रहरुले प्रमाणित गरिसकेका छन् ।
पश्चिमी देशहरुमा घटिरहेको हृदयघात नेपाल जस्ता विकासोन्मुख देशहरुमा बढिरहेको छ । त्यसैले यसबारे सचेत गराउन सञ्चार जगतको ठूलो भूमिका हुन्छ ।

मुटुरोगका कारक तत्व
-चुरोट सेवन गर्ने
-धेरै शारीरिक तौल
– ब्यायाम नगर्ने
– उच्च रक्तचाप नियन्त्रण नगर्ने
– मधुमेह नियन्त्रण नगर्ने
– अनावश्यक तनाव लिने
– डिप्रेशन
– रगतमा बढ्दो ट्राइग्लिसेराइड र कोलेस्टेरोल
– फलफूल नखाने आदि ।

मुटु रोगलाई न्यूनिकरण गर्न प्रायः फलफूल र ओखर खानुपर्छ । रेडिमेड र जंकफूडजस्ता खाना स्वास्थ्यका लागि राम्रो हुँदैन । स्वस्थ्य जीवनशैलीका साथै बेलाबेलामा आफ्नो स्वास्थ्य परीक्षण गर्नाले सम्भावित मुटुको खतराबाट जोगिन सकिन्छ । ब्ल्डप्रेसर, सुगर, शारीरिक तौल, कोलेस्टेरोल नियन्त्रणमा राख्नुपर्छ ।
विश्व मुटु दिवसमा वल्र्ड हार्ट फेडेरेसनले मुटु जोगाउने विभिन्न नारा तय गरेको हुन्छ । सन् २०१७ मा ‘स्वस्थ जीवनशैलीका अनुभव बाँडौ’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइएको छ ।
मुट स्वस्थ्य राख्न मैले के काम गरेँ ? के गर्दा मलाई त्यो शक्ति प्राप्त भयो ? मैले मुटुरोगलाई कसरी कम गर्न सकेँ ? जुनशक्तिले गर्दा संसारभर मुटु रोगको सम्भावना घटाउन सक्ने तथ्य प्रमाणित भइसकेको छ ।
स—साना कुरामा ध्यान पु¥याउन सकेको अवस्थामा मुट स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन सकिने प्रमाणित भइसकेको छ । मुटुमा समस्या ल्याउने कारक तत्वलाई हामी आफै नियन्त्रण गर्न सकेको अवस्थामा धेरै हदसम्म यसबाट बच्न सकिन्छ । मुटुले ठूलो शक्ति प्रदान गरेको छ । त्यसैले यति ठूलो शक्ति गुमाउन हुँदैन । यस्ता महत्वपूर्ण कुराको सबैले आ—आफ्नो क्षेत्रबाट अनुभव बाड्न जरुरी हुन्छ ।
व्यक्ति, घरपरिबार र समाजबाट यो रोग घटाउनुपर्छ । अहिले विश्वमा प्रतिवर्ष ७.५ मिलियन मुटुको समस्याका कारण ज्यान गइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यहि अनुपातमा बृद्धि हुँदै गएमा मुटुको समस्याले सन् २०३० सम्म प्रति वर्ष करिब ३ करोडको ज्यान जानसक्ने खतरा औंल्याइएको छ ।

मुटुका लागि चिनी हानिकारक
बोसोयुक्त माछामासुदेखि अत्यधिक चिल्लो पदार्थ सेवनले मुटुलाई हानी गर्ने प्रमाणित भइसक्दा पनि हृदयघात बढ्दै गएपछि धनि, मध्यम र गरिब राष्ट्रहरुमा गरिएको ‘प्योर’ स्टडीले मुटु स्वास्थ्यका लागि चिनी हानिकारक सावित भएको छ । चिनीमा अत्यधिक कार्वोहाइड्रेट प्राप्त हुन्छ । यसले मोटोपनामा बृद्धि गर्छ । मोटोपना मुटु स्वास्थ्यका लागि राम्रो मानिदैन । त्यसैले चिल्लो र कार्वोहाइडे«टको उपभोगमा नियन्त्रण गर्नुपर्छ ।
वंशाणुगत कारण हाम्रो पहुँच भन्दा बाहिर छ । तर जीवनशैलीलाई नियन्त्रण गर्न सकिन्छ । परिवारमा मुटुरोग नहुनेको भन्दा मुटुरोग देखिएको परिवारमा मुटुको समस्या बढी हुने संभावना हुन्छ । त्यसैले आफ्नो परिवारमा मुटुरोगी भएमा शुरुदेखि नै होसियार हुनुपर्छ । यसका साथै जीवनशैलीअन्तर्गत वजन ठिक राख्ने, ब्यायाम गर्ने, चिल्लो गुलियो नखाने, माछामासु कम गर्ने, अत्यधिक रक्सीको सेवन र धुम्रपान नगर्ने आदि ।
विगतमा मुटुरोग उमेर ढल्किएका ब्यक्तिलाई हुने गर्दथ्यो । अहिले ४०–५० बर्ष उमेरका ब्यक्तिलाई हुने गरेको छ । काममा दौडधूप र तनावका कारण यस किसिमको समस्या बढेको पाइन्छ ।

के गर्ने ?
जीवनशैलीमा सुधार ल्याउने, ध्यान, मेडिटेसन गर्ने, शाकाहारी खाना खाने, आफूसँग भएको चिजमा खुशी रहने कोशिस गर्नुपर्छ ।
महात्मा गान्धीले भनेका छन्—‘प्रकृतिले सबैलाई भाग पु¥याउँछ । तर लोभीलाई कहिल्यैपनि पुग्दैन ।’ मुटुरोग पनि बच्चादेखिनै लाग्ने रोग हो । उनीहरुलाई जंक फूड, फास्टफुडको लोभबाट टाढा राख्नुपर्छ । घरमा बनाएको स्वस्थ्यवद्र्धक खाजा दिनुपर्छ । सागसब्जी, भटमास, मकै, मूला गाँजरलगायतका प्राकृतिक चिजहरु राम्रो पौष्टिक आहार मानिन्छ ।

उच्चरक्तचापको हानी
मुटुले रगतलाई पम्प गरेपछि धमनीबाट शरीरका विभिन्न कोषकोषहरुमा रगत पुग्छ । रगत बग्ने बेला आर्टरीको मांशपेसी खुम्चिन्छ र प्रेसर सृजना हुन्छ । त्यसलाई रक्तचाप भनिन्छ । रक्तचाप माथिको १४० र तलको ९० भन्दा बढ्न हुँदैन । यदि बढेमा यसले मस्तिष्क, मुटु, आँखा, मिर्गौलाको आर्टरीको धमनीलाई भित्रबाट बाक्लो बनाउँदै ल्याउँछ । त्यसपछि नशा साँघुरिदै जान्छ । मस्तिष्कको नसा बन्द भएमा प्यारालाइसिस, मुटुमा भएमा हृदयघात, मिर्गौलामा भएमा मिर्गौला विफल हुनसक्छ । मुख्य रुपमा उच्चरक्तचापले धमनीलाई क्षति पु¥याउँछ ।

    Comment Here!