Logo
|
Friday 29th March 2024
Logo

epaper

शल्यक्रिया गर्दा मरेको मूल्य कति ?



कति जनाको मुटु बचाउन सफल हुनुभयो ?
मुटु सर्जरी गर्न सुरु गरेको डेढ दशक भयो । बर्षमा करिब ३ सय बिरामीको मुटुको शल्यक्रिया गर्दछु । यो बीचमा मैले करिब ४ हजार जति मुटुको शल्यक्रिया गरेको अनुमान छ । तर तथ्यांक एकिन गरेर राखेको छैन । आजसम्म गंगालालमा १८ हजार मुटुको शल्यक्रिया भएको छ । तर शल्यक्रियालाई संख्यात्मक भन्दापनि गुणात्मक दृष्टिले हेर्नुपर्छ । सजिलो प्रकारका शल्यक्रिया प्रतिदिन एकजनाले ४ वटा सम्म गर्न सक्छन् । जटिल शल्यक्रिया दिनमा एउटा मात्र गर्न सकिन्छ । त्यसैले संख्या हिसाब गरेर कसले कति योगदान गरेको छ भन्न कठिन हुन्छ । मुटुको शल्यक्रिया गर्दा जटिल वा सामान्य प्रकृतिको कुरा महत्वपूर्ण हुन्छ ।

सामान्य र जटिल भनेर कसरी छुट्याउने ?
मुटुको साधारण प्वाल टाल्ने शल्यक्रिया सजिलो हुन्छ । कसैको जन्मजात मुटुको रगतको नली उल्टो, मुटु भित्रका भल्भ नबन्ने, रगतको नली विपरित दिशाबाट निस्कने जस्ता शल्यक्रिया गर्न गा¥ह«ो हुन्छ । मुटुको स्थिति र कार्य क्षमतामा धेरै नै ¥ह«ास आइसकेको अवस्थामा शल्यक्रिया गर्न गा¥ह«ो हुन्छ । मुटुबाट निस्कने मुख्य रगतको नलीहरु च्यातिए्र आकस्मिक अवस्थामा बेहोस भएर आएका बिरामीको शल्यक्रिया गर्न अप्ठ्यारो पर्नसक्छ । हृदयघात भएर एञ्जियोप्लाष्टी गर्न नसकेको अवस्थामा इमर्जेन्सी बाइपास सर्जरी गर्दा कठिन हुनसक्छ ।

मुटुको शल्यक्रिया गर्दा न्यूनतम र अधिकतम कति समय लाग्नसक्छ ?
क्लोज हार्ट सर्जरीहरु ३० देखि ४५ मिनेटसम्म लाग्नसक्छ । तर मुटुभित्रको प्वाल टाल्ने वा एउटा मात्र भल्भ फेर्ने जस्ता ओपन हार्ट सर्जरीहरु डेढ देखि अढाइ घण्टामा सकिन्छ । जटिल प्रकृतिका सर्जरी १२ देखि १५ घण्टासम्म पनि लाग्नसक्छ ।

मुटुको शल्यक्रिया गर्दा कतिको जोखिम हुन्छ ?
यो रोगको प्रकार र प्रकृतिमा भर पर्छ । रोगको जटिलताको आधारमा खतरा निर्धारण हुन्छ । बिरामी जति ढिलो अस्पतालमा उपस्थित हुन्छ त्यति नै जोखिम हुन्छ । फोक्सोको चाप बढिसकेको अवस्थाका बिरामीमा शल्यक्रियाको खतरा बढ्छ ।
मुटु शल्यक्रिया गर्दा कति सफलता प्राप्त हुन्छ ?
रोगको जटिलताले शल्यक्रियाको जोखिम र खतरा निर्धारण गर्छ । साधारण ओपन हार्ट सर्जरी १ प्रतिशत भन्दा कम खतरा हुन्छ । जटिल सर्जरीमा ५० प्रतिशत जोखिम बोकेर सर्जरी गर्नुपर्छ । त्यसैले हरेक शल्यक्रियाको आप्mनै चुनौति र समस्या हुन्छ । मुटु शल्यक्रियामा टिमको महत्वपूर्ण भूमिका हुन्छ । टिममा रहेका प्रत्येक ब्यक्ति क्षमतावान र योग्य हुनुपर्छ । टिमका कुनै पनि ब्यक्ति चुकेको अवस्थामा बिरामीको अवस्था तल माथि हुनसक्छ ।

चुनौति के के छन् ?
जटिल शल्यक्रियाका लागि अघिल्लो दिनदेखि गृहकार्यमा जुट्नुपर्छ । सतर्क र सचेत हुनुपर्छ । सानो भूलले पनि बिरामीको ज्यान जानसक्छ भनेर सम्बन्धित शल्यक्रियाबारे निकै अध्ययन गनुपर्छ ।
अस्पताल तोडफोड, हुलदंगा र डाक्टरको लापरवाही भनेर क्षतिपूर्ति माग्ने विकृतिले आजको दिनमा जटिल अवस्थाको शल्यक्रिया गर्न डराउनुपर्ने स्थिति छ । मिहनेत र इमान्दारीताका साथ शल्यक्रिया गर्ने डाक्टरहरु पछि हट्नुपर्ने बाद्यता सृजना भइरहेको छ ।
डाक्टर देउता होइन । देउताले बिगारेको चिज मान्छेले बनाउने हो । जन्मजात बच्चाको मुटुमा प्वाल पर्ने वा जटिल अवस्थाको सर्जरी गर्नुपर्ने घटना डाक्टरले सृजना गरेको होइन । इमान्दारितापूर्वक काम गर्ने हामीजस्ता डाक्टरहरुले पनि शत्प्रतिशत बिरामी जोगाउन सक्दैनौं । अमेरिकाको विशिष्ट डाक्टरहरुबाट शल्यक्रिया गराउँदा पनि बिरामीको मृत्यु हुनसक्छ । बिरामीको रोगको जटिलताको आधारमा बिरामी बाँच्ने वा मर्ने भन्ने कुराको निर्धारण हुन्छ ।

शल्यचिकित्सकलाई कस्तो अवस्थामा उर्जा प्राप्त हुन्छ ?
सिमित साधन स्रोतको चुनौतिको बाबजुद पनि हामीले कहिलेकाँही सिकिस्त अवस्थाका धेरै बिरामीको ज्यान बचाएका हुन्छौं । जटिल शल्यक्रिया गरेर बिरामीको रोग ठीक भएपछि उनीहरुमा देखिने एक प्रकारको खुशीले हामीलाई उर्जावान बनाउँछ । काम गर्न जाँगर र प्रोत्साहन दिन्छ । सान्त्वना दिलाउँछ ।

बिरामी मरेमा क्षतिपूर्ति माग्ने प्रचलनबारे के भन्नुहुन्छ ?
कसैले पनि आफुले गरेको काम बिग्रियोस् भनेर गर्दैन । लापरवाही र कम्प्लिकेसन दुई भिन्दाभिन्दै कुरा हुन । लापरवाही भनेको मानिस मरोस् भनेर गर्ने काम हो । यो त्यत्तिकै भन्न पाइँदैन । यसलाई प्रमाणित गर्नुपर्छ । जबकि प्रत्येक शल्यक्रियामा संसारभरि नै जटिल अवस्था आउनसक्ने सम्भावना हुन्छ जुन कुरा चिकित्सकले बिरामी र बिरामीका आफन्तलाई शल्यक्रिया अगावै सुचित गर्नुपर्छ ।
अकाल मृत्यु भनेको के हो ? भन्ने प्रश्नको जवाफ दिन सकिदैन । शल्यक्रिया गर्दा सानो बच्चादेखि ८०–९० बर्षका मानिससम्मको ज्यान जानसक्छ । शल्यक्रिया गर्दा मरेको मानिसको मूल्य कति हो ? जीवनको मुल्य हुँदैन । यसलाई पैसासँग दाँज्न मिल्दैन ।
क्षतिपूर्ति लिएर मरेको मानिस फिर्ता आउन सक्दैन । उपचारको क्रममा बिरामीको मृत्यु हुनासाथ लापरवाही भन्दै गर्दा भोलिदेखि कम्प्लिकेटेड शल्यक्रिया कसैले पनि गर्न चाहँदैन । यस्तो अवस्थामा बाँच्ने बिरामी पनि मर्न सक्छन् । मुटु र न्यूरो लगायत अन्य उच्च जोखिम बोकेका शल्यक्रिया गर्न चिकित्सकहरु हिच्किचाउने परिस्थितिको सिर्जना हुन दिन हुँदैन ।
डाक्टरले बिरामी बचाउने हो, मार्ने होइन । यद्यपी डाक्टरले लापरवाही गरेर बिरामी मार्छन् अथवा बिरामीको शरीर प्रयोगशाला बनाउँछन् भन्ने शब्दहरु प्रति दुःख लाग्छ । यस्ता नचाहिने कुराको खुलेर बिरोध गर्नुपर्छ ।

असल शल्यचिकित्सकमा हुनुपर्ने गुण के के छन् ?
– बिरामी लाई माया गर्नुपर्छ । बिरामी प्रति संवेदनसिल हुनुपर्छ । आफूलाई बिरामीको ठाउँमा राखेर हेर्नुपर्छ ।
– सिप, तालिम, क्षमता र टिम महत्वपूर्ण ठान्नुपर्छ ।
– ‘म के गर्न सक्छु भन्दा पनि म के गर्न सक्दिन’ भन्ने कुरा डाक्टरलाई थाहा हुनुपर्छ । आफूले नसक्ने समस्या भएमा सम्बन्धित दक्ष चिकित्सकलाई सिफारिस गर्नुपर्छ ।

कसरी चिकित्सा क्षेत्र मर्यादित हुनसक्छ ?
– डाक्टरले चिकित्सकीय पेशा मेरो धर्म हो भनेर सोच्नुपर्छ ।
– मिहिनेत र समर्पण बोकेर आएका डाक्टर यसमा सफल हुन्छन् ।
– मोरल र इथिकल भ्यालु छोड्न हुँदैन । डाक्टर इमान्दार हुनुपर्छ ।
– सबै डाक्टरले आफ्नो जिम्मेबारी केहो ? भन्ने बुझ्नु पर्छ । बिरामीप्रति संबेदननशील हुनुपर्छ । जनमानसमा फैलिएको भ्रम हटाउन हामीले नै कोशिस गर्नुपर्छ ।
– समाजमा फैलिएको डाक्टरप्रतिको नकारात्मक सोच हटाउन पत्रिका तथा पत्रकारले पनि इमान्दारिताका साथ समाचार संकलन र सम्प्रेषण गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्