हड्डी मक्किने रोग अस्टियोपोरोसिस

डा. लक्की शर्मा, इन्टरनल मेडिसिन (एमडी) लेक्चरर, काठमाडौं मेडिकल कलेज, तथा नेशनल बाथरोग सेन्टर || प्रकाशित मिति :2017-12-15 04:59:40

सामान्य भाषामा अस्टियोपोरोसिस भनेको हड्डी मक्किने रोग हो । गर्भमा बनिसकेको हड्डी जन्मपछि २० वर्षसम्म बिस्तारै बृद्धि भएर बलियो हुँदै जान्छ । हड्डी बलियो हुन पुराना कोषिका मर्ने र नयाँ कोषिकाहरु निर्माण हुनुपर्छ । तर कुनै कारणवश कहिलेकाँही हड्डीका कोषिका मर्दै जाने र नयाँ कोषिकाको निर्माण क्रम बन्द हुन थालेपछि बिस्तारै हड्डी पालतो हुँदै जालो जस्तो बन्न थाल्छ । त्यसपछि हड्डी भाँचिने जोखिम बढ्छ । यसरी हड्डीको घनत्व कम हुँदै हड्डी कमजोर हुने समस्या अस्टियोपोरोसिस हो । नेपालमा अस्टियोपोरोसिसको अध्ययन भएको छैन । तर अमेरिकालगायतका देशहरुमा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले ३ जना महिलामध्ये एकजनामा अस्टियोपोरोसिस हुने गरेको देखाएको छ भने पाँच जना पुरुषमध्ये एकजनामा अस्टियोपोरोसिस हुने सम्भावना देखाएको छ । अस्टियोपोरोसिस २५—३० प्रतिशत वंशाणुगत कारण हुनसक्छ ।

अस्टियोपोरोसिस कसरी हुन्छ ?

प्राइमरी कारण
उमेर
उमेर बढ्दै जाँदा हड्डीमा असन्तुलन बढ्दै जान्छ । ६५ वर्षभन्दा माथिको उमेरका महिला पुरुष दुवैमा हड्डीका कोषको उत्पादनमा असन्तुलन शुरु हुनथाल्छ र हड्डी कमजोर हुँदै भाँचिने जोखिम बढ्न थाल्छ ।
हर्मोन
महिलाहरुको बलियो हड्डीका लागि इस्ट्रोजन हर्मोनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इस्ट्रोजन हर्मोन पिट्युटरी ग्रन्थीबाट महिनावारी गराउन निस्कने गर्छ । सामान्यत अरु बेलामा इस्ट्रोजन हर्मोन उत्पादन हुँदैन । महिनाबारी सुकेका र कुनै कारणवश पाठेघर निकालिसकेका महिलाहरुमा इस्ट्रोजन हर्मोन उत्पादन हुन पाउँदैन । शरीरमा यस प्रकारको हर्मोन उत्पादन रोकिएपछि हड्डी पातलो हुँदै भाँचिने जोखिम बढ्न थाल्छ । यद्यपी पुरुषको तुलनामा महिलाहरुमा धेरै अस्टियोपोरोसिस हुने गरेको पाइन्छ तर विभिन्न अध्ययन अनुसार टेस्टेस्टेरोनको रोग (हाइपोगोनाडिजम) भएका पुरुषमा पनि चाँडो अस्टियोपोरोसिस हुने गरेको पाइएको छ ।

सेकेन्डरी कारण
– विभिन्न कारण ले गर्दा समय पूर्व जन्मेका बच्चाहरुको हड्डी पहिलादेखि नै कमजोर हुन्छ । यस्तो अवस्थामा हड्डीले आवश्यक तत्वहरु प्राप्त गर्न नसक्ने भएकाले हड्डी कमजोर हुने सम्भावना रहन्छ । यद्यपी अस्टियोपोरोसिस हुने सेकेन्डरी कारणहरुमा शारीरिक तौल कम भएका बच्चा, दुब्लो पातलो मानिस, शारीरिक तौल ५० के.जी.भन्दा कम हुने व्यक्ति, धेरै रक्सी पिउने, अत्यधिक, चुरोटको सेवन, र्युमोटोइट आर्थराइटिस बाथ जस्ता समस्याले हड्डी चाँडै मक्किने समस्या बढाउँछ ।
-बाथरोगमा प्रयोग गरिने स्टेरोइड,अंकोट्रेकस जस्ता औषधिहरुले चाँडै हड्डी मक्काइदिन्छ । बाथरोगीलाई यी औषधि नभइ पनि हुँदैन । यद्यपी चिकित्सकको सल्लाह बिना बाथरोगका औषधि सेवन गर्नाले हड्डी मक्किने समस्या चाँडै देखिन्छ ।
– छारे रोगमा प्रयोग गर्ने औषधिले हड्डी मक्किन सक्छ ।
– क्यान्सरसम्बन्धि औषधिको सेवनले हड्डी मक्किन सक्छ ।
– दुध दही कम खाने र शरीरमा क्याल्सियमको कमी भएका व्यक्तिमा हड्डी भाँचिन सक्छ ।
– शरीरमा भिटामिन डी थ्री को अभावले हड्डी मक्किन सक्छ ।
-डायबिटिज, हाइपरपाराथाइराइडिज्म जस्ता इन्डोक्राइन समस्याले हड्डीमा परक जम्ने क्रम एकदमै ढिलो हुने भएकाले हड्डी चाँडै मक्किन सक्छ ।
– सामान्य चोटपटकले हड्डी भाँचिन सक्छ ।
– सवैभन्दा सजिलो सँग भाचिने हड्ढि भनेको मेरुदण्ड र कम्मर को हड्ढि हो ।
कसरी थाहा हुन्छ ?
– हड्डीमा दुखाइ
– कम्मर र ढाडको दुखाइ
– हाइट कम हुँदै जाने
– डोवागर्रस हम्प (Dowagr’s Hump )

डायग्नोसिस कसरी गरिन्छ ?
एक्सरे वा डेक्सा स्क्यान गरेर ओस्टियोपोरोसिस एकिन गरिन्छ । रिड र हिपको हड्डीको अवस्था एक्सरेबाट पत्ता लाग्छ । हड्डीको घनत्व कम भएको पत्ता लगाउन डेक्सा स्क्यान गर्नुपर्छ । यसबाट ओष्टियोपोरोसिस भएनभएको स्पष्ट थाहा हुन्छ । तर डेक्सा स्क्यान महँगो परीक्षण हो । सबैको पहुँच भित्र नहुन पनि सक्छ । अस्टियोपोरोसिस सोसाइटीले फ्य्राक्सटुल निकालेको छ । यसले रिक्स अफ फ्याक्चर निकाल्छ । हाइरिक्स भएकाहरुलाई डेक्सा स्क्यानका लागि सिफारिस गरिन्छ ।

उपचार
ओस्टियोपोरोसिसको एकिन भएपछि औषधि शुरु गर्नुपर्छ । कुनै औषधि शुरु गर्न अघि बिरामीको शरीरमा क्याल्सियम तह हेर्ने गरिन्छ । अधिकांश नेपालीको भिटामिन डी थ्री लेबल अत्यधिक कम हुने गर्छ । यो महँगो जाँच भएकाले आवश्यकता अनुसार गर्नुपर्छ । यदि क्याल्सियम लेबल सामान्य भएर पनि शरीर दुख्ने समस्या भएमा सर्बप्रथम भिटामिन डी थ्री सम्लिमेन्ट गरेर उसको शरीरमा परक बनाइदिने कोशिस गर्नुपर्छ । तर ओष्टियोपोरोसिसको उपचार भिटामिन डी थ्री र क्याल्सियम मात्र होइन । यस बाहेक ओस्टियोपोरोसिस भएका विरामीको उगचारलाई दुइ भागमा वर्गीकृत गरिएको छ ।

  1. Anti – resorptive agents
  • Oestrogen supplementation (hormonal replacement therapy)
  • Bisphosphonates

यी दुइ तत्वले हड्ढिलाई मक्किन वाट जोगाउछ र हड्ढिको घनत्व पनि बढाउन मद्घत गर्छ ।

  1. Anabolic agent:
  • Parathyroid hormone(PThI-84)
  • Teriparatide (PTHI -34)
  • Strontium ranelate
  • Denosumab
  1. Surgical correction of deformity
  • Vertebroplasty
  • Kyphoplasty

सावधानी र रोकथाम
अस्पिटयोपोरोसिसबाट जोगिन बाल्यावस्थादेखि नै खानामा दुध दही लगायत क्याल्सियमयुक्त खाना उपभोग गर्नुपर्छ । पोषिलो र स्वस्थ्य खाना, फलफूल, हरियो सागपात, दूध दही पर्याप्त खानुपर्छ । अल्कोहोल, धुम्रपान नगर्ने, शारीरिक अभ्यास गरेर तौल बढ्न दिन हुँदैन ।
हरेक दिन हिँड्ने, आफूलाई सक्रिय राख्ने, प्रजननवाला आमा र गर्भवतीहरुले क्याल्सियमयुक्त खाना खाने, महिनाबारी सुक्ने बेलामा खानपानमा ध्यान दिने, बाथको समस्या भएकाहरुले चिकित्सकको निगरानीमा औषधि सँगसँगै खानपान र शारीरिक अभ्यासमा जोड दिने गर्नुपर्छ ।

    Comment Here!