Logo
|
Wednesday 24th April 2024
Logo

epaper

स्वास्थ्यमन्त्री बोहोराद्वारा छानविन गर्न सिनेट बोलाउँदा पदाधिकारी नआएको स्पटोक्ति



स्वास्थ्यमन्त्री दिपक बोहोराले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटबाट स्वीकृति नलिईकनै भएका भवन निर्माणको छानविन प्रतिवेदनमा छलफल गर्न सिनेट बोलाउँदा पदाधिकारी बिदामा बसेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री बोहोराले प्रतिष्ठानको नियामअनुसार कुनै पनि निर्माण गर्दा पूर्वस्वीकृति लिनुपर्नेमा नलिइएको पाइएको बताएका हुन् । बोहोराका अनुसार कत्तिक ३० गते सिनेट बैठक बसेको र सो बैठकमा प्रतिष्ठानले २ अर्ब ८० करोड बराबरको ४ वटा भवन स्वीकृतबिनै बनाएको पाइएपछि बैठक स्थगित गरेर छानबिन थालिएको थियो ।
बोहराका अनुसार स्वास्थ्य सचिवको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति बनाएको र समितिको प्रतिवेदनका आधारमा सोही बैठक पुनः बोलाउँदा पदाधिकारी उपलब्ध नभएका हुन् । ‘छानविन समिति बनाएपछि गत शुक्रबार बैठक राख्न पत्राचार भएको थियो तर उपकुलपति र रजिष्ट्रार दुवै बिदामा हुनुहुन्छ,’ उनले भने ।
मन्त्री बोहोराले आफूले शुक्रबार बैठक राख्न खोज्दा २५ गते नै उपकुलपति डा। राजकुमार रौनियार सोही समय नेपाल मेडिकल काउन्सिलको कामको सिलसिलामा काठमाडौं काजमा आएको र काज सकिएपछि घरायसी बिदामा बसेका थिए । रजिष्ट्रार कुलबहादुर श्रेष्ठलाई भने मातृशोक परेकोले बिदामा बसेको समेत मन्त्रीले बताए । उनले दुवै पदाधिकारीको समय मिलाएर आगामी १२ गतेका लागि सिनेट बोलाएको समेत जानकारी दिए ।
उनले छानबिन प्रतिवेदन सिनेटमा छलफल गरेर सो आधारमा पदाधिकारीमाथि कारबाहीसमेत हुनसक्ने बताए । ‘सिनेटबाट स्वीकृत नभएको कार्यक्रमलाई सिनेटले जान्दैन,’ उनले भने, ‘मैले एउटा मन्त्रीको रूपमा देखिएको समस्या हल गर्न खोजेको मात्रै हुँ,’ बोहोरले भने, ‘मेरो कुनै अनियमितता गरेको छैन ।’-नागरिक न्युजबाट

प्रतिक्रिया दिनुहोस्