Logo
|
Friday 29th March 2024
Logo

epaper

कान्ति बाल अस्पतालको आईसीयू नै ‘सिकिस्त’



सिकिस्त शिशुहरूको बढ्दो चापसँगै नर्सहरूले राजीनामा दिएपछि कान्ति बाल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) सञ्चालनमा समस्या देखिएको छ । आईसीयूमा कार्यरत सात जना नर्सले राजीनामा दिएपछि सिकिस्त अवस्थाका बालबालिकालाई शीघ्र उपचारका लागि अन्यत्र रेफर गर्नुपर्ने अवस्था आइपरेको छ ।

‘दिनैपिच्छे चार/पाँच जना सिकिस्त बिरामी बेड नपाएर फर्किने गरेका छन्’, मुलुककै एक मात्र केन्द्रीय बाल अस्पतालका निर्देशक डा।गणेशकुमार राईले भने । आईसीयूमा कार्यरत दुई जना नर्सले आइतबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् भने पाँच जना यसअघि नै राजीनामा दिएर अन्यत्र गइसकेका छन् । स्टाफ नर्सहरू करुणा थापा र मनीषा पुडासैनीले आइतबार राजीनामा दिएका हुन् । आईसीयूमै रहेकी स्टाफ नर्स संगीता श्रेष्ठ पनि राजीनामा दिएर अस्टे«लिया जाने तयारीमा रहेको अस्पताल प्रशासनले जनाएको छ । स्टाफ नर्स नहुँदा करारबाट नियुक्त पाएका तीन जना सातौं तहका अधिकृतलाई पनि स्टाफ नर्ससरह काम लगाउनुपरेको राईले बताए ।

माघ २ गते मात्रै १८ शड्ढयाको आईसीयूको क्षमता विस्तार गरी ५२ शड्ढया पु¥याइएको थियो । बिरामीको बढ्दो चापसँगै सेवा विस्तार गर्ने क्रममा अहिले एनआईसीयूमा १६, पीआईसीयूमा १३ र एसआईसीयूमा आठवटा शड्ढया सञ्चालनमा ल्याइएको छ । तर, नर्सहरूले राजीनामा दिएपछि सातायता सेवा प्रवाहमा समस्या आएको छ ।

आईसीयू कक्ष इन्चार्ज विष्णु बन्जाडेका अनुसार आईसीयूमा कार्यरत दुई नर्स प्रसूति हुने अवस्थामा छन् । ‘आराम गर्नुपर्ने बेला पनि प्रसूति अवस्थामा रहेका स्टाफ नर्सले काम गरिरहेका छन्’, उनले भनिन्, ‘उनीहरू प्रसूति भएर बिदामा बसे भने सेवा प्रवाह कसरी मिलाउने समस्या छ ।’

आईसीयूमा कार्यरत सात नर्सले राजीनामा दिएपछि दिनहुँ चार/पाँच जना सिकिस्त शिशुलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ ।

उनका अनुसार आईसीयूमा सेप्टिज, जन्डिस, हाइपोक्सिया, हाइपोथर्मियामा बिरामी धेरै आउँछन् । इन्सेफ्लाइटिस, मेनेन्जाइटिस, निमोनिया र मुटुका बिरामीको संख्या पनि पछिल्लो समय बढेको उनले जानकारी दिइन् । ‘क्षमताअनुसार आईसीयूका सबै शड्ढया सञ्चालनमा ल्याउन सकिएको छैन । विभिन्न समस्याका कारण सेवा प्रवाहमा पनि कठिनाइ भइरहेको छ,’ उनले भनिन् । सर्जिकल वार्डमा अप्रेसन गर्दा गम्भीर भएका बिरामीलाई पनि ल्याउने त आईसीयूमै हो । सीमित नर्सहरूका कारण कोही बिदामा वा बिरामी भए अर्कोलाई दोब्बर भार पर्ने गुनासो उनीहरूको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक जना नर्सले एक बिरामीको हेरचाह गर्नु पर्छ । तर, कान्ति अस्पतालमा एक जनाले सात जनालाई हेर्नुपरेको गुनासो स्टाफ नर्सहरूको छ । एक नर्स भन्छिन्, ‘तलब(भत्तालगायतमा आकर्षक सुविधा पनि छैन । करार र ज्यालादारीमा कतिन्जेल काम गर्ने भन्ने महसुस भएपछि छाडेका हौं ।’

नर्स नटिक्नुको कारण

१ तलबभत्ता अन्यत्रभन्दा आधा कम हुनु

२ एक जनाले सात जनासम्म बिरामी हेर्नुपर्ने

३ करार र ज्यालादारीमै झुन्डिरहनुपर्ने

कान्ति अस्पतालमा दिइने तलबभन्दा अन्यत्र दोब्बर बढी हुने दाबी नर्सहरूको छ । अस्पताल प्रशासनले ५२ वटै बेड सञ्चालनका लागि ७२ जना स्टाफ नर्र्स आवश्यक पर्ने आकलन गरेको छ । तर, अहिले झन्डै आधा मात्र सञ्चालनमा छन् । कामको बोझ बढी भए पनि तलब(सुविधा नभएकाले राजीनामा दिएर अन्य अस्पतालमा आकर्षित भएको नर्सहरू बताउँछन् । कान्तिमा २४ हजार तलब पाउने स्टाफ नर्सहरूलाई अन्य अस्पतालले दोब्बर सुविधा दिने गरेका छन् ।

सीमित बेड मात्र सञ्चालन गर्दा आईसीयू पुरानै बिरामीले भरिने गरेका छन् । अस्पतालका कार्यकारी निर्देशक गणेशकुमार राई स्टाफ नर्सको अभाव झेल्नु परिरहेको बताउँछन् । उनी भन्छन्, ‘स्टाफ नर्सको कमी भएको कुरा मन्त्रालयमा भनेका छौं । अस्पतालको आम्दानीबाटै कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यताका कारण उनीहरूलाई आकर्षक तलबभत्ता दिएर सेवामा टिकाइराख्न सकिएको छैन ।’ अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्