Logo
|
Friday 29th March 2024
Logo

epaper

कुन्डलिनी डायग्नोष्टिकमा पेट सिटी सेवा



काठमाडौंको चण्डोलस्थित कुन्डलिनी डायग्नोष्टिक सेन्टरले पेट सिटी सेवा शुरु गरेको छ । यो फिलिप्स कम्पनिको १२८ स्लाइस पेट सिटी हो । अब क्यान्सरका बिरामीले सहुलियत दरमा सेवा प्राप्त गर्न सक्नेछन् ।
कुन्डलिनीमा पेट सिटीको मेसिन जडान गरेलगत्तै ६ जनाको पेटसिटी गरिएको सेन्टरकी व्यवस्थापक निलु श्रेष्ठले बताउनुभयो ।
कुन्डलीनीमा पेट सिटीको रिपोर्टिङ टेलिरेडियोलोजी मार्फत् हुन्छ । बिरामीलाई ३—४ दिनमा रिपोर्ट उपलब्ध गराइने व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो
पेटको पूरा नाम पोजिट्रोन इमिशन टोमोग्राफी हो । यसले शरीरका कोषिकाहरुमा भइरहेको शुक्ष्मस्तरको सामान्य एवं असामान्य क्रियाशीलताको मापन, रोगको अवस्था पत्ता लगाउन मद्धत गर्छ । मुटुरोग, न्युरोलोजी, विभिन्न संक्रमण सम्बन्धी रोग अध्ययन र जाँचमा समेत पेट सिटी प्रविधिको प्रयोग गरिने भएपनि नेपालमा क्यान्सरमा यो प्रविधि प्रयोग हुँदै आएको छ ।
पेट सिटीमा विभिन्न रेडियोधर्मीहरु (कार्वन, अक्सिजन, नाइट्रोजन आदि प्रयोग गरिन्छ । तर क्यान्सर परीक्षणका लागि मुख्य एफडिजी—एफ १८ (फ्लोडीअक्सी ग्लुकोज) को प्रयोग हुन्छ । यद्यपी पेट सिटीले रक्त प्रवाहको मात्रा, अक्सिजनको प्रयोग, ग्लुकोज खपतको अध्ययन गरी विभिन्न अंगहरुको क्रियाशीलता जाँच गर्छ र त्यो अंगको अवस्था पत्ता लगाउन मद्धत गर्दछ ।
क्यान्सर भएका कोषिकाहरु असामान्य तथा अनियन्त्रित बृद्धि हुने भएकाले यसमा क्रियाशीलता बढी भई ग्लुकोजको मात्रा बढि खपत हुन्छ । यसलाई पेट सिटी स्क्यानको माध्यमबाट इमेजमा परिवर्तन गरी अध्ययन गरिन्छ ।
यसमा प्रयोग हुने रेडियो एक्टिभ (रेडियोधर्मी) पदार्थको आयू थोरै (११० मिनेट) हुन्छ र सेल्फ लाइफ १२ घण्टाको हुन्छ । यसले गर्दा यो पदार्थ बनिसकेपछि जतिसक्दो चाँडो प्रयोग गर्नुपर्दछ ।
विगतमा आर्थिक अवस्था मजबुद भएकाहरु विदेश जान्थे । नहुनेहरुका लागि अर्को विकल्प थिएन । पेट सिटीका लागि आवश्यक पर्ने औषधि हवाइजहाजबाट ल्याउँदा बाटोमा कति उडेर जान्छ भन्ने क्याल्कुलेसन गरिएको हुन्छ । एफडिजी—एफ १८ नामक विकिरणीय औषधि जति ढिलो भयो त्यति नै यसको मात्रा कम हुँदै जान्छ । साइक्लोट्रोन औषधि उत्पादन नहुने क्यानडा र अमेरिकाकाका धेरै ठाउँमा पनि हवाइजहाजबाट नै औषधि लैजाने गरिन्छ । श्रीलंकामा पनि निजी क्षेत्रले हजाइजहाजबाट नै औषधि ल्याउने गर्छन् ।
पेट स्क्यानले क्यान्सर पत्ता लगाउनेदेखि क्यान्सरको उपचारपश्चात् क्यान्सर कोष मरे नमरेको र औषधिले काम गरे नगरेको वा कतिसम्म काम गरेको छ ? भन्नेबारे सजिलैसँग पत्ता लगाउन मद्धत गर्छ ।
पेट सिटीमा प्रयोग गरिने रेडियो न्युक्लियर औषधि एफडिजी—एफ १८ उत्पादन हाम्रो देशमा हुन सकेको छैन किनभने नेपालमा साइक्लोट्रोन मेसिन छैन । यो न्यूक्लिनियर मेडिसिन भारतबाट खरीद गरेर ल्याउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्