Logo
|
Wednesday 24th April 2024
Logo

epaper

पूर्व युवराज्ञीद्धारा नर्भिकमा थ्री टेस्ला एमआरआई सेवाको उद्घाटन



पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले नर्भिक इन्टरनेशनल हस्पिटलको अत्याधुनिक एम.आर.आई तथा सि.टी.स्क्यान सेवाको उद्घाटन गर्नुभएको छ ।
हस्पिटलले नर्भिक इन्टरनेशनल हस्पिटलमा भित्र्याइएको थ्री टेस्ला एम.आर.आई. एवं १ सय २८ स्लाईस सि.टी.को पूर्व युवराज्ञीले उद्घाटन गर्नुभएको हो ।
३ टेस्ला एम.आर.आई.भित्र श्रव्य दृष्य प्रणाली रहेकाले बिरामीले आफूलाई मनपर्ने संगित, मनपर्ने भिडियो सुन्न र हेर्न सक्ने, स्पष्ट इमेज दिने र बिरामीका लागि आरादायी भएको अस्पतालले जनाएको छ । सो अवसरमा वरिष्ठ हास्य कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्