Logo
|
Friday 19th April 2024
Logo

epaper

मिर्गौला पीडित पत्रकार मायाको अपिल



दुवै मिर्गौला खराव भएर उपचारका क्रममा रहनुभएकी बरुण साप्ताहिकका सम्पादक माया पकुवालले सहयोगका लागि अपिल गर्नुभएको छ ।

भद्रपुरबाट प्रकाशित हुने सप्ताहिकका सम्पादक पकुवालको मिर्गौला प्रत्यारोपणका लागि रकम अभाव भएका कारण सहयोगको अपिल गर्नुभएको हो । पकुवाल मिर्गौला प्रत्यारोपणका लागि बुधबार भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा जानुभएको छ ।

पकुवाललाई उहाँका जेठाजु सौरभ प्रधानले एउटा मिर्गौला दिने हुनुभएको छ । पन्ध्र वर्षदेखि झापामा रहेर पत्रकारिता गर्दै आउनुभएकी ४६ वर्षीया पकुवालको मिर्गौलामा गत वैशाखदेखि समस्या आएको उहाँका श्रीमान सञ्जय श्रेष्ठले बताउनुभयो ।

टाउको दुख्ने र रिँगटा चल्ने समस्या आएपछि विसं २०७४ वैशाखमा पकुवाल धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचारका लागि जानुभएको थियो । उपचारमा संलग्न चिकित्सकले मिर्गौलामा समस्या देखिएको बताउँदै उहाँलाई औषधि खान सुझाव दिनुभएको थियो ।

औषधिले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले मायालाई मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएको श्रीमान सञ्जयले बताउनुभयो ।

चिकित्सकको सल्लाहबमोजिम नै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि माया जानुभएको छ । हालसम्म रु पाँच लाखभन्दा बढी खर्च भइसकेको मायाको उपचारमा सहयोगका लागि परिवारले अपिल गरेको छ । उहाँको उपचारमा रु १२ लाख खर्च लाग्ने श्रीमान सञ्जयले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्