Logo
|
Thursday 25th April 2024
Logo

epaper

बायोइथिक्ससम्बन्धि पोष्टर प्रदर्शनीमा नेपाल सर्बोत्कृष्ठ



वायोइथिक्ससम्बन्धि विश्वव्यापी प्रदर्शनीमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका असुन्धान र आर्ट गरी दुई वटा पोष्टर सर्बोत्कृष्ठ भएका छन् । धरानको वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न उक्त कार्यक्रमबाट छानिएर प्रेषित एमवीवीएसका सुमित शर्मा समुहको अनुसन्धान पोस्टर र बिडिएसका रमन ढुंगेलको आर्ट पोस्टर विश्वव्यापी प्रतियोगितामा सर्वोत्कृष्ट भएको नेपाल एकाईका प्रमुख एवं कार्यक्रम संयोजक डा. धनरत्न शाक्यले बताउनुभयो ।
अनुसन्धान पोस्टरमा मेंगलोर, पुने र रियो द जेनेरियाका सहभागीहरुको अनुसन्धान दोश्रो र तेश्रो भएको जनाइएकोछ । त्यस्तै, फोटोग्राफीमा इटाली र फिल्ममा कोल्हापुरको सहभागिता प्रथम भएको थियो ।
विश्वभरि नै अक्टोवर १९ मा विविध कार्यक्रम सहित् विश्व बायोइथिक्स दिवस मनाउने गरिन्छ । यसै सिलसिलामा भएको विश्वव्यापी चार विधामध्ये दुईमा नेपालका सहभागी प्रथम भएका हुन् । यस वर्ष ‘समानता, न्याय र समभाव’ शीर्षकमा सम्पन्न विश्वव्यापी आर्ट पोस्टर, अनुसन्धान पोस्टर, फिल्म, फोटो प्रतियोगिताहरुका लागि नेपाल बायोइथिक्स युनिटबाट सम्पन्न राष्ट्रियस्तरको कार्यक्रमबाट छानिएका प्रतियोगीहरुको पोस्टर, अनुसन्धान पोस्टर, फिल्म र फोटोको सहभागिता रहेका थिए ।

यस वर्षको अवधारणाबारे विद्यार्थी, शिक्षक र सम्बन्धित सबै पक्षमा जानकारी र समझ अभिवृद्धि गर्ने दिशामा यी कार्यक्रमहरु फलदायी भएको अपेक्षा गरिएको छ । यस वर्ष एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत् अन्य मेडिकल कलेजहरुबाट पनि सहभागिता रहेको थियो । कार्यक्रमका संयोजक डा. धनरत्न शाक्य भन्नुहुन्छ—‘यसबाट नेपालमा बायोइथिक्सबारे छलफल, अध्ययन र मनन्का लागि यस्ता कार्यक्रम र प्रयासहरु अझ बढ्दै हँुदै जाने आशा पलाएको छ ।’

प्रतिक्रिया दिनुहोस्