Logo
|
Thursday 18th April 2024
Logo

epaper

निःशुल्क आँखा शिविरबाट ६०५ बिरामीले सेवा लिए



पाल्पाको रामपुर नगरपालिकाका विभिन्न स्थानमा चलेको निःशुल्क आँखा शिविरबाट ६०५ जना बिरामीले सेवा लिएका छन् ।

बुधबार सम्पन्न नगरपालिकाका विभिन्न स्थानमा चलेको तीनदिने शिविरमा आँखा जाँच गराएका बिरामीमध्ये ५३ जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि लुम्बिनी मेडिकल कलेज प्रभाषमा पठाइएको छ ।

बिरामीलाई सहजरुपमा सेवा दिने उद्देश्यले लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पाको आयोजना तथा प्राविधिक सहयोग, भगवती चश्मा पसल रामपुरको सहआयोजनामा रामपुर नगरपालिकाका विभिन्नस्थानमा शिविर सञ्चालन गरिएको हो ।

सोमबार रामपुर नगरपालिका–१० को रामटारमा भएको शिविरमा सेवा लिएका २१३ बिरामीमध्ये छजनामा मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मंगलबार रामपुर नगरपालिका–१ को स्याउली बजारमा चलेको शिविरमा २१७ जना बिरामीमध्ये १८ जनामा मोतियाबिन्दु र बुधबार रामपुर नगरपालिका–५ को बेझाड बजारमा चलेको शिविरमा १७५ आँखाका बिरामीमध्ये २२ जनामा मोतियाबिन्दु फेला परेको चगवती चश्मा पसलका सञ्चालक किसनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका जनताले सेवा लिएका छन् । गाउँघरमै आँखा परीक्षण तथा औषधि उपचार निःशुल्क पाएपछि बिरामी खुशी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्