Logo
|
Thursday 28th March 2024
Logo

epaper

धरानमा दुइ टाउकोसहितको अनौठो बच्चा जन्मियो



बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री  तथा प्रसूती विभागमा एक महिलाले चार हात, दुइ टाउको र दुइ खुट्टा भएको  शिशुको जन्म दिएकी छिन् । उनी गत मंगलबार प्रतिष्ठानको प्रसूती विभागमा  आएकी थिइन् ।

प्रसूतीका लागि जटिल अवस्था आएपछि तत्कालै पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुइ टाउको र दुइ खुट्टा भएको बच्चा निकालिएको प्रतिष्ठानका डा। सूर्यप्रसाद रिमालले बताए। अनौठो बच्चा जन्मिएपछि शल्यक्रियामा सम्लग्न चिकित्सक र नर्सहरु समेत छक्क परेका थिए।

शल्यक्रियामा सम्लग्न प्रतिष्ठानका प्रसूती विभागका चिकित्सक रिमालका अनुसार इनरुवा–८ बस्ने चन्द्रनारायण मण्डल र सोनम मण्डल दम्पतीका छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुइ टाउको, दुइ खुट्टा र एउटै यौनाङ्ग भएको शिशु जन्मेको हो। उक्त नवजात शिशु स्वासप्रस्वासको समस्याले जन्मेको २४ घण्टापछि मृत्यु भएको बुझिएको छ।

अनौठो नवजात शिशुको जन्म भए पनि दुइ टाउकोमध्ये एक टाउकोले स्वासप्रस्वासमा समस्या देखिएको थियो। डा। रिमालले भने, ‘बच्चा त निकालियो तर रुन र स्वासप्रस्वासमा समस्या देखियो। हामीले मण्डल दम्पतीलाई बच्चाको स्वासप्रस्वासलाई सहज बनाउन मुखमा नली लगाउनु पर्छ भन्दा मानेनन्। घर लान्छौं, डिस्चार्ज देउ भन्न थाले।’उनका अनुसार प्रसूतीमा यस्तो केस विरलै हुन्छ।

कसरी यस्तो अनौठो बच्चा गर्भमा बन्छ भन्ने प्रश्नको जिज्ञासामा उनले भने, ‘गर्भवती हुँदा पुरुषको शुक्रकिट र महिलाको अण्डा मिलेर जाइगोट बन्छ। त्यसरी बनेको नर्मल जाइगोटबाट भ्रुण बनेर बच्चाको विकास हुन्छ। तर, कहिलेकाहीं विरलै अवस्थामा छुट्दा जुम्ल्याहा हुन्छन्। र, जाइगोट बनेको १३ दिन पछाडि छुट्यो भने टासिन पुग्छन्। यो त्यही जाइगोट टाँसिएर नछुटे पनि बनेको बच्चा हो।’

मण्डल दम्पतीले यसअघि इटहरीको एक क्लिनिकामा चार पटकभन्दा बढी भिडियो एक्सरे गरेर गर्भ जाँच गरेका थिए। तर, त्यहाँको चिकित्सकले यस्तो असामान्य बच्चा छ भनेर कहिलै जानकारी नदिएको बरु गर्भमा बच्चा राम्रो अवस्थामा छ भनेर जानकारी दिएको प्रतिष्ठानकी एक नर्सले बताइन्। लिङ्ग समेत छुट्याउन सकिने भिडियो एक्स(रेबाट सामान्यतया विकसित भ्रुणको कस्तो अवस्थामा छ भनेर थाहा पाउन सकिन्छ। लिङ्गको बारेमा नभने पनि गर्भमा असामान्य बच्चा रहेकोबारे जानकारी दिनु चिकित्सकको कर्तव्य हो, जुन जानकारीबाट आमाको मृत्यु जोखिम घटाउन सकिन्छ। -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्