Logo
|
Thursday 28th March 2024
Logo

epaper

नर्सिङ प्रोफेसनलाई विकेन्द्रिकरण गर्ने कि !



विप्लवी सापकोटाले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट नर्सिङमा स्नातक (बीएनएस्) को अध्ययन भर्खर मात्र सक्नुभयो । २ वर्ष ग्रान्डी इन्टरनेशनल हस्पिटल, ७ महिना भक्तपुरस्थित कोरियन हस्पिटलमा काम गरेर नर्सिङमा स्नातक अध्ययन शुरु गर्नुभएको उहाँले काठमाडौंको चावहिलस्थित ओम हेल्थ क्याम्पसबाट पिसिएल नर्सिङ पूरा गर्नुभएको थियो । अध्ययनपछि आफुलाई शिक्षण पेशाले आकर्षित गरेको उहाँ बताउनुहुन्छ ।
हस्पिटलमा काम गर्दा कुनै पनि बिरामी निको भएर पठाउँदा सबैभन्दा धेरै आत्मसन्तुष्टी मिल्ने गरेको उहाँको अनुभव छ ।
नर्सिङमा स्नातक गरिसकेपछि धेरै ठाउँको ढोका खुल्छ । हस्पिटल नर्सिङ, पेडियाट्रिक नर्सिङ, कम्युनिटी नर्सिङ, साइक्याट्रिक नर्सिङमध्ये कुनै पनि विधामा स्पोशलाईज गर्न पाइन्छ । यसबाट एकेडेमिक, क्लिनिकल प्राक्टिसमा पनि अझै सहजता हुन्छ ।
उहाँ भन्नुहुन्छ—‘यसका साथै हाम्रो एकेडेमिक कोर्षले रिसर्चलाई पनि प्राथमिकतामा राखेको छ ।’
यहाँले नर्सिङ पेशालाई नै किन छान्नुभयो ?
स्वास्थ्य सेवातर्फ काम गराउने ममी (आमा) को चाहना थियो । उहाँको प्रेरणा र चाहनाअनुरुप यसतर्फ लागेँ ।
कतिको कठिनाइ पर्छ ?
कमेटमेन्ट भएर काम गर्नुपर्छ । बिरामीको आवश्यकता र चाहनाअनुसार सेवा दिनुपर्छ । यो सेवात्मक काम पनि भएकाले रमाइलो पनि छ ।
चिकित्सक र नर्सबीच समन्वय हुन कतिको जरुरी छ ?
अस्पतालमा बिरामीलाई सेवा दिने कुरा एक्लैले हुँदैन । यो को—अर्डिनेटेट ईफोर्ट हो । टिममा बसेर काम गर्नुपर्छ । विशेषगरी बिरामीलाई प्रत्यक्ष रुपमा उपचार पु¥याउने काम डाक्टर र नर्सको हुने हुनाले समन्वय हुन जरुरी छ ।
भविष्यमा के सोच्नुभएको छ ?
नेपालको नर्सिङ पेशा जुन गतिमा अघि बढेको छ त्यो सन्तोषजनक छैन । सैद्धान्तिक कुरालाई व्यवहारमा उतार्नुपर्ने देखिन्छ । त्यसैले यो पेशालाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउन लागि पर्छु ।
कुनै अविस्मरणीय घटना छन् ?
काम गर्ने क्रममा थुप्रै तेस्ता घटना हरु छन् । ग्रान्डीमा काम गर्दा एकपटक एनआईसियूमा राखेको बच्चाको केयर गरिरहेको थिएँ । जुन केयर देखेर बच्चाको अभिभावकले मलाई ‘नर्स बन्न कै लागि कै लागि जन्मिएको’ भनेर तारिफ गर्नुभएको थियो । त्यो बेला निकै खुशी भएको थिएँ । आफूले गरेको कामको तारिफ गर्दा ठूलो प्रेरणा र हौसला थप्ने रहेछ ।
नेपालमा कस्तो अवस्था रहेमा अझै अवसर प्राप्त हुने सम्भावना रहन्छ ?
नेपालमा अहिले को सन्दर्भमा हेर्ने हो भने सरकारले नर्सिङ क्षेत्रमा जति कोटा छुट्याएको छ त्यो पर्याप्त छैन । सथै छुट्याएको कोटा पनि पूरा हुन सकेका छैनन् । त्यसैले सरकारी तहबाटै यसको समाधान खोजिनुपर्ने देखिन्छ । सरकारी नीति निर्माण तहमा साथै नर्सिङ पेशाको प्रतिनिधित्व वर्गले राम्रो व्यवस्थानमा सक्रियता देखाउनु जरुरी छ ।
यहाँलाई के हुनुपर्ला जस्तो लाग्छ ?
सर्बप्रथम त सरकारी तहबाटै यस क्षेत्र व्यवस्थापनका लागि कदम चाल्न जरुरी छ । पर्याप्त प्रविधि तथा आवश्यक मापदण्ड पूरा नगरिकन नै हाल थुप्रै नर्सिङ कलेज खुलेका छन् । यसमा सरकारले नै कडाई गर्नुपर्ने देखिन्छ । जसले गर्दा नेपालका नर्सहरुको गुणस्तर पनि अझै बद्छ । अहिले मुलुकमा १ सय भन्दा बढी कलेजहरुले बेसिक नर्सिङ प्राफेसनलहरु उत्पादन गर्छन् । अहिले भएका कलेजहरुबाट गुणस्तरीय नर्सिङ उत्पादन गरेर विकेन्द्रिकरण गर्दा सर्वसाधारणले राम्रो नर्सिङ सेवा प्राप्त गर्न सक्छन् ।
आजसम्म पनि हाम्रो देशमा आफ्नो स्वास्थ्य समस्या भन्न नसक्ने अवस्थाका मानिसहरु पनि थुप्रै छन् । रामेछापका केही गाउँहरुमा गएर मैले व्यक्तिगत रुपमा गरेको अनुसन्धानमा पनि यस्तै किसिमको समस्या देखियो ।
महिलाहरुलाई तपाईलाई स्वास्थ्य समस्या के छ ? भनेर प्रश्न गर्दा मेरो बुढालाई सोध्नुस् न मलाई भन्न आउँदैन भन्ने जावाफ पनि पाएँ । यसमा गरिबी र असाक्षर पनि एउटा मुख्य समस्या हो ।
नेपालमा भएका यी र यस्तै समस्याको समाधानका लागि नर्स जस्तो दक्ष जनशक्तिको सरकारी तहबाट उचित व्यवस्थापन हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्