Logo
|
Friday 29th March 2024
Logo

epaper

ओम हस्पिटलमा युवापुस्ताका अनुभवी चिकित्सकहरुको प्रवेश



राजधानीको चावहिलस्थितओम हस्पिटल तथा रिसर्च सेन्टरमा विभिन्न विधाकाअनुभवी तथा स्थापित चिकित्सकहरुले सेवा शुरु गर्नु भएको छ ।
अस्पतालमा मुटुरोग विशेषज्ञको रुपमा डाक्टर अमित श्रेष्ठले सेवा सुरु गर्नु भएको छ । न्यूरो सर्जरीतर्फ डाक्टर गोपाल सेढाई, डाक्टर अमितबहादुर प्रधानाङ्ग र डाक्टर रामकुमार श्रेष्ठले सेवा सुरु गर्नु भएको छ । क्रिटिकल केयरतर्फ डाक्टर प्रमेश सुन्दर श्रेष्ठ र डाक्टर रुपेशकुमार गामीले सेवा सुरु गर्नुभएको छ । त्यस्तै सर्जरीतर्फ डाक्टर प्रसन्नवीरसिंह कंसाकार, डाक्टर विकल घिमिरे र डाक्टर अशोक खरेलले सेवा सुरु गर्नुभएको कार्यक्रममा जानकारी दिइयो । इमरजेन्सी मेडिसिनतर्फ डाक्टर शंकर राउत, डाक्टर धिरेन्द्रकुमार मल्ल र बालरोग विशेषज्ञको रुपमा डाक्टर सुजितकुमार श्रेष्ठले सेवा सुरु गर्नु भएको छ ।

हस्पिटलमा आयोजित एक कार्यक्रमबीच सेवा प्रारम्भ गर्नुभएका चिकित्सकहरुलाई हस्पिटलका अध्यक्ष डाक्टर भोला रिजाल सहित सञ्चालक समितिका सदस्यहरुले औपचारिक रुपमा स्वागत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हस्पिटलका अध्यक्ष डाक्टर रिजालले समय सापेक्ष रुपमा हस्पिटलको सेवा तथा गुणस्तर विस्तार गर्ने क्रममा थप विशेषज्ञ चिकित्सहरुबाट सेवा सुरु गरिएको बताउनुभयो ।
अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले गुणस्तरीय स्वास्थ्य सेवा दिन हस्पिटल सँधैं प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्