Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्य शिविरमा ९५ जनाको पाठेघर परीक्षण



चितवनको रत्ननगर नगरपालिकाको वडा नं ९ मा गरिएको स्वास्थ्य शिविरमा ९५ जना स्थानीय महिलाको पाठेघरको निःशुल्क परीक्षण गरिएको छ ।

वडा नं ९ को वडा कार्यालयको सहयोग तथा स्थानीय उपभोक्ता समितिको आयोजनामा भएको दुईदिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन आइतबार ९५ जनाको स्वास्थ्य परीक्षण भएको छ । शिविर आज पनि जारी छ ।

नगरपालिकाको साविक वडा नं ७ मा ४३ जना र साविक वडा नं ६ मा ५२ जना महिलाको पाठेघर जाँच गरिएको वडा सदस्य सरस्वती लामाले जानकारी दिनुभयो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी डा मञ्जु शर्मा नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको लामाले जानकारी दिनुभयो ।

वडा अध्यक्ष रोशन आचार्यले घरायसी कारणले अस्पताल पुग्न नसकेका महिलालाई गाउँमा नै स्वास्थ्य शिविर सञ्चालन हुँदा सजिलो भएको बताउनुभयो ।

उपभोक्ता समितिकी संयोजक कमला घिमिरेले पाठेघर शिविरले महिलाको स्वास्थ्य परीक्षणमा सहज भएको बताउनुभयो ।

चेपाङ संरक्षण केन्द्रलाई सहयोग

यसैगरी रत्ननगरमा रहेको गामबेंसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।

लायन्स क्लब अफ चितवन सौराहाले आइतबार बालबालिकाका लागि ५१० केजी चामल, ४५ लिटर तेल, आठ केजी मसला, एक बोरा सोयाबिन, चार केजी मेथी र एक बोरा चिउरा सहयोग गरेको हो । केन्द्रमा १०५ जना चेपाङ बालबालिका आश्रित रहेका छन् । उनीहरु नजिकैको स्कुलमा पढ्नसमेत जान्छन् । रासस

प्रतिक्रिया दिनुहोस्