Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आगलागी अझै रहस्यमय



मध्यरातमा आगलागी भयो। आगो नियन्त्रणमा आएन। उपचारका लागि आएका बिरामीहरूले भागेर आफ्नो ज्यान जोगाए। घटना भएको रात अस्पतालमा रहेका बिरामी कुरुवाहरू अहिले पनि यो घटना सम्झिँदा भक्कानिन्छन्। उज्यालो हुँदा सबै संरचना र अस्पतालमा रहेका अन्य सम्पत्ति खरानी भइसकेका थिए।

दुई वर्षअघि जुम्ला सदरमुकाम खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको यो घटना अहिले पनि रहस्यमय छ। मध्यरातमा भएको उक्त आगलागीका कारण प्रतिष्ठानका भवनहरू अहिले खण्डहरमा परिणत भएका छन्। करौडौंको सम्पत्ति एकैरातमा खरानी भएको उक्त घटनाको छानबिन अझै हुन सकेको छैन। उक्त घटनालाई लुकाउन खोजिएको भन्दै स्थानीयले छानबिनको माग गर्न अझै छोडेका छैनन्। मध्यरातमा अस्पतालमा कसले आगो लगायो भन्ने प्रश्न अहिले पनि सर्वसाधारण गरिरहन्छन्।

दुई वर्षअघि पुसको कठ्यांग्रिँदो जाडोमा भवनभित्र भएको आगलागीमा दर्जनबढी बिरामीलाई बचाउन त सकियो तर भौतिक संरचना जोगाउन सकिएन। उक्त आगलागीमा स्थानीय गोविन्दप्रसाद उपाध्याय अस्पतालमै थिए। उनले आफ्ना बिरामी आफन्तलाई आगलागीबाट बाहिर निकालेर जोगाएका थिए। घटना भएको दुई वर्षपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हालत उस्तै देख्दा भने उनको मन दुख्यो।

अस्पतालको भग्नावशेष देखेपछि उनले घटनाको छानबिन गरेर दोषी पत्ता लगाउन निकै ढिलाइ भएको दुखेसो पोखे। उनी मात्रै होइनन्, अहिले यो अस्पतालमा पुग्ने जोकोही खण्डहर बनेको अस्पताल देख्दा मन दुखाउँछन्। राज्यले करोडौं लगानी गरी कर्णालीका नागरिकको जीवन बचाउन बनाइएको अस्पताल नै खण्डहर बनेपछि कर्णालीबासी दुखितसँगै आक्रोशित बनेका छन्।

‘भवन जल्दा भौतिक संरचनाको क्षति मात्रै भएन, कर्णालीका गरिब नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार पनि जलेको छ,ु नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने, ‘लामो समयसम्म करोडौंको सम्पत्ति नष्ट गराउनेहरू कारबाहीको दायरामा नआउँदा कर्णालीबासी आक्रोशित छन्।ु

अनुसन्धानमै बित्यो दुई वर्ष

कर्णालीको स्वास्थ्य सुधार केन्द्रका रूपमा स्थापित यस प्रतिष्ठानको आगालागी प्रकरण हालसम्म खुल्न सकेको छैन। बिरामीलाई उपचार गराइरहेका बेला नै आगालागी हुँदा करोडौंको क्षति बेहोरेको प्रतिष्ठानको उक्त घटनाबारे हालसम्म कुनै तथ्य सार्वजनिक भएको छैन।

बिरामीको बिचल्ली हुनेगरी भएको त्यो घटनाका दोषी र कारणका विषयमा हालसम्म कुनै पनि जानकारी बाहिर नआउँदा कर्णालीबासी निरास छन्। घटनालगत्तै कर्णालीबासीको मागअनुसार छानबिन गर्ने जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले लिएको थियो। तर सीआईबीले पनि दुई वर्षसम्म घटनाको विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक गर्न सकेको छैन। प्रतिष्ठानको भवन हस्तान्तरण नहुँदै आगलागी भएको थियो। आगलागीको कारण हालसम्म पत्ता लाग्न नसक्नुले राज्यले कर्णालीका नागरिकको स्वास्थ्यमाथि बेवास्ता गरेको स्थानीय गुनासो गर्छन्।

भवन मात्रै होइन, विभिन्न रोगको परीक्षण गर्ने औजारहरूसमेत आगोमा नष्ट भएपछि प्रतिष्ठानले हालसम्म पनि विशेषज्ञ सेवा सुरु गर्न सकेको छैन। जसका कारण पुनः विगतजस्तै कर्णालीबासीले आँगनकै थलो छाडेर महँगो खर्चमा तराइका अस्पतालहरूमा उपचार गराउनुपर्ने बाध्यता छ।

विषेशज्ञ सेवामा कठिनाइ

करोडौं खर्चेर बनाइएको भवन एकै रातमा भग्नावशेषमा परिणत भएपछि प्रतिष्ठानबाट पाइने सहज उपचारको सपना बोकेका स्थानीयले उपचारमा सास्ती खेप्नुपरेको छ। भवनका साथमा नयाँ उपकरणहरूसमेत जलेका थिए। भवनमा आगलागी हुँदा दुई करोड २६ लाख बराबरको क्षति भएको प्रतिष्ठानले जनाएको छ।

बिरामीहरूको जाँच गर्ने यूएसजी, सेन्टिफ्युज, इन्डोस्कोपी, एक्सरे, इलोक्ट्रोलाइटलगायत महत्वपूर्ण उपकरण जलेका अस्पतालका रजिस्ट्रार विश्वराज काफ्लेले बताए। तीन सय ८१ प्रकारका सामग्री जल्दा अस्पतालले एक करोड १५ लाख २२ हजार ५५ रुपैयाँ बराबरको क्षति ब्यहोर्नु परेको उनको भनाइ छ।

तत्काल घटनाको छानबिन गरेर दोषी पहिचान गरी कारबाहीको माग गर्दै गत भदौ ५ गते गृह मन्त्रालयमा प्रतिष्ठानबाट पत्र पठाइएको थियो। हालै सम्पन्न प्रतिष्ठानको चौथो सिनेटले समेत उक्त आगलागी प्रकरणलाई छानबिनको निष्कर्षमा पुर्‍याउन दबाब दिने निर्णय गरेको छ। यसअघि सीआईबीको निर्देशनमा प्रतिष्ठानले घटनामा संलग्न शंकास्पद व्यक्तिहरूको नामावली दुई पटक पठाइएको समेत रजिस्ट्रार काफ्लेले बताए।

‘अब नयाँ भवनबाट सेवा दिनेछौं

भवन जलेपछि दुई वर्षदेखि प्रभावित विशेषज्ञ सेवा आगामी फागुनदेखि सञ्चालनमा ल्याउने प्रतिष्ठानले दाबी गरेको छ। ‘भवनसँगै औजारहरू जल्दा आँगनमै पाउने विशेषज्ञ सेवाबाट बञ्चित हुनुपर्‍यो, यहाँका नागरिकले सहज सेवा पाउन सकेनन्ु, रजिस्ट्रार काफ्लेले भने, ‘बिरामी बाहिर गएर महँगो उपचार गर्न बाध्य भए, अब नयाँ भवन बन्दै छ। आगामी फागुनदेखि अस्पतालले विशेषज्ञ सेवा दिनेछ, हामी त्यसका लागि निरन्तर प्रयासरत छौं।

प्रतिष्ठानका अनुसार ७६ करोड लागतमा नयाँ भवन निर्माण हुँदै छ। यो भवनमा सेवा सञ्चालन हुने बित्तिकै मध्य तथा सुदूरपश्चिमकै ठूलो स्वास्थ्य विज्ञान प्रतिष्ठान हुने उनको दाबी छ। कर्णालीलगायत पश्चिमी जिल्लाहरूलाई लक्ष्य गरी स्थापित प्रतिष्ठानको नयाँ भवनमा उच्च गुणस्तरीय सेवा सञ्चालन हुने रजिस्ट्रार काफ्लेले बताए। ‘हामी विशेषज्ञ सेवा सञ्चालनको तयारीमा छौं, विशेषज्ञहरू पनि करिब दुई दर्जनबढी नै छन्ु, उनले भने, ‘बिरामीको उच्च सुरक्षासहित उपचार हुँदा कर्णालीका नागरिकले महँगो खर्च गरेर तराईमा उपचारका लागि जानुपर्ने बाध्यता टर्नेछ।ु जुम्लाको तापक्रम अत्यधिक चिसो हुने भएकाले बिरामीको सुरक्षाका लागि सोलारबाट अत्याधुनिक सुरक्षा प्रणाली अपनाइने उनले बताए। हाल अस्पतालले आफ्नै फार्मेसी सञ्चालनको तयारी गरिरहेको छ। -अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्