Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्वास्थ्य समस्याका कारण बेलायतका मन्त्रीद्वारा राजीनामा



बेलायतको उत्तरी आयरल्याण्ड मन्त्री जेम्स ब्रोकेन्साएरले राजीनामा दिनुभएको छ । स्वास्थ्यमा समस्या देखाउँदै उहाँले सोमबार राजीनामा दिनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रधानमन्त्री टेरिजा मेलाई ब्रोकेन्साएरले बुझाउनु भएको राजीनामा पत्रमा आफ्नो शल्यक्रिया गर्नु पर्ने भएकाले राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

“मेरो दाहिने श्वासनलीमा सानो चोट देखिएको छ, त्यसलाई तत्काल उपचार गर्नु पर्ने भएको छ, त्यसैले अहिले मेरो प्राथमिकता मेरो स्वास्थ्य र मेरो परिवार नै भएको छ,” उहाँले राजीनामा पत्रमा लेख्नु भएको छ ।

प्रधानमन्त्री मेले मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गरेकै दिन मन्त्री ब्रोकेन्साएरले स्वास्थ्यको समस्या देखाउदै राजीनामा दिनुभएको हो । उहाँले मन्त्री परिषद्का धेरै जनालाई हेरफेर गर्ने अनुमान भइरहेका बेला सोमबार आफ्नो कन्जरभेटीभ पार्टीका अध्यक्षलाई नै हटाउनु भएको छ ।

जुनमा भएको आम निर्वाचनमा पार्टीको कमजोर अवस्था देखिएकाले अध्यक्ष ब्रान्डोन लेविसलाई प्रधानमन्त्री मेले मन्त्रीबाट हटाउनु भएको हो । लेविसको सट्टामा पाट्रीक म्याकलौघलिनलाई जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन् ।
रासस/ एएफपी

प्रतिक्रिया दिनुहोस्