Logo
|
Saturday 20th April 2024
Logo

epaper

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म अनशन रोक्दिन डा केसी



अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा। गोविन्द केसीले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजीनामा नदिएसम्म अनशन नरोक्ने चेतावनी दिएका छन् ।

सुनुवाइका लागि बुधबार बिहान सर्वोच्च अदालत ल्याइएका केसीले संक्षिप्त धारणा सार्वजनिक गर्दै भने, ‘जबसम्म भ्रष्ट, माफिया प्रधानन्यायाधीशलाई निकालिंदैन, तबसम्म म लडिरहन्छु ।’ केसीले यति भन्नासाथ प्रहरीले उनलाई सर्वोच्च परिसरबाट कार्यालयभित्र लगेको थियो ।

केसीलाई वीर अस्पतालबाट प्रहरीको एम्बुलेसन्समा राखेर बिहान साढे ९ बजे सर्वोच्च अदालत लगिएको थियो । स्वास्थ्यमा समस्या भएपछि केसीलाई मंगलबार साँझ वीर अस्पताल लगिएको थियो ।कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्