Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल औषधि थोक व्यवसायी संघको प्रदेश नं १ गठन



थोक औषधि व्यवसायीहरुको छाता संगठन थोक औषधि व्यवसायी संघको हालै भएको प्रदेश नं १ को भेलाले के.एल.दासको संयोजकत्वमा ११ सदस्यीय नेपाल औषधि थोक व्यवसायी संघ प्रदेश नं १ गठन गरेको छ ।

थोक औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिबराज बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले थोक औषधि व्यवसायी के.एल.दासलाइ सवर्सम्मत रूपमा संयोजक बनाउने निर्णय गरेको हो ।
यसैगरी भेलाले संयोजक दासलाई १ महिना भित्र प्रदेश नम्बर १ मा कायम रहेका सम्पूर्ण क्षेत्र समेटी ११ सदस्यीय तदर्थ समिति निर्माण गरी केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्ने अख्तियारी समेत दिएको छ ।
अध्यक्ष बास्कोटाले भन्नुभयो—‘देशभर रहेका औषधि थोक व्यवसायीहरूको समस्याको पहिचान गर्दै छलफलका माध्यमबाट कसैलाइ पनि समस्या नपर्ने गरी समस्या समाधान गर्न निरन्तर लागिपरेको छु ।’
उहाँले सबै थोक औषधि व्यवसायीलाई गोलवद्ध बनाउँदै मुलुकको संघीय संरचना अनुसार ७ वटै प्रदेशमा औषधि थोक व्यवसायी संघ गठन गर्ने कार्यलाइ तिव्र गतिमा अघि बढाइने र यसको लागि पूर्वबाट सुरू भएको यो मिसन सुदुर पश्चिम पुगेर ७ वटै प्रदेसमा आफ्नो आधारस्तम्भ बनाएर मात्र विश्राम लिने उद्घोष गर्नुभयो ।
यसैवीच औषधि व्यवसायीको छाता संगठन थोक औषधि व्यवसायीको पश्चिमान्चलस्तरीय ४ नं प्रदेश ११ सदस्यीय तदर्थ समिति रुद्रनारायण मल्लको अध्यक्षयतामा गठन गरिएको छ । नवगठित तदर्थ समितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, र सचिवमा क्रमस काशीनाथ काफ्ले, गोपाल अधिकारी प्रदिप घिमिरे, दुर्गा प्रसाद अधिकारी, सुन्दर अधिकारी रहनुभएको छ । त्यस्तै कार्य समिति सदस्यहरुमा हिमलाल काफ्ले, निरज राणा, कृष्ण प्रसाद शर्मा, सन्तोष बहादुर, अधिकारी र सुशिल कोइराला रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्