Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपाल औषधि थोक व्यवसायी संघको चेतावनी



प्रदेश नं १ मा के. एल.दासको अध्यक्षतामा नेपाल औषधि थोक व्यवसायी संघ विराटनगर तदर्थ समिति गठन गरेपश्चात् आफूहरुलाइ औषधिका हिमायति ठान्ने संघ संस्थाहरुले धम्काउने तर्साउनेलगायतका निच कार्य गरेको भन्दै नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रिय कार्यालयले आपत्ति जनाएको छ ।

संघद्धारा जारी विज्ञप्तीमा व्यवसायीहरुको अधिकार संरक्षण गरी संविधान प्रदत अधिकारको प्रयोग गर्दा संस्थाप्रति आपत्ति जनाउनुपर्ने कुनै कारण नदेखिएको र संविधान प्रदत अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको कुराको अवगत गर्दै कसैलाइ पनि डर, धाक धम्किमा नपरी विशुद्ध व्यवसायीहरुको अधिकारको रक्ष गर्न संघ शतिसाल झै उभिरहने उल्लेख छ ।

संघका अध्यक्ष शिवराज बास्कोटाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ—‘हाम्रो उद्देश्य “सम्मानित, मर्यादित र लगानि सुरक्षित औषधि व्यवसाय” प्रति प्रतिवद्धता व्यक्त गर्दछौं र निर्धक्क, भयरहित भै आफ्नो व्यवसाय र संघलाइ द्रुत गतिमा अगाडि वढाउन अनुरोध गर्दछौं ।’
संघले  सदस्यहरुलाइ हत्तोसाहित गर्ने र औंला उठाउने कोशिस नगर्न आग्रह गर्दै यस बाट उत्पन्न हुने कुनै पनि समस्याको भागिदार सम्बन्धित संघ स्वयम हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्