Logo
|
Thursday 28th March 2024
Logo

epaper

जटिल रोगमा मासिक पाँच हजार भत्ता



सरकारले जटिल रोगबाट ग्रसित बिरामीलाई मासिक पाँच हजार भत्ता दिन शुरु गरेको छ । क्यान्सर, मिर्गौलालगायत जटिल रोगको उपचारमा सहयोग पुग्ने उद्देश्यले ११ माघ २०७४ देखि सो भक्त दिन शुरु गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको वीर अस्पताल र ट्रमा सेन्टरमा उपचार गराइरहेका क्यान्सर, मिर्गौला डायलासिस गराइरहेका बिरामी , मिर्गौला प्रत्यारोपण गरेका बिरामी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीहरुलाई पाँचहजार भत्ता वितरण गरेर सो कार्यक्रमको सुरुवात् गर्नुभएको थियो ।
स्वास्थ्य मन्त्री दीपक बोहोराले भन्नुभयो—‘ राज्यले यसअघि पनि क्यान्सर, मिर्गौला, स्पाइनल इन्जुरी भएका व्यक्तिलाई एकलाख रुपैया उपलब्ध गराउँदै आएको र सो रकमलाई यथावत राख्दै थप पाँचहजार जिविकोपार्जन भत्ता उपलब्ध गराउन सुरु गरिएको हो ।’

मन्त्री बोहोराकाअनुसार, मिर्गौला प्रत्यारोपण, डायलासिस गराइरहेका , क्यान्सर,स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएका बिरामीहरुका लागि मासिक पाँचहजार भत्ता दिइनेछ ।
बिरामीको सहुलियतस्वरुपत चालु आर्थिक वर्षको लागि भत्ता बापत ७८ करोड खर्च हुने जानकारी दिँदै मन्त्री बोहोराले भन्नुभयो—आगामी वर्षबाट त्यस्ता बिरामीको लागि भत्ता बापत वार्षिक दुइ अर्ब रुपियाँ खर्च हुने छ ।’

यसका लागि स्वास्थ्य मन्त्रालय प्रस्ताव तयार गरेर मन्त्रीपरिषद्मा लैजाने गृहकार्यमा जुटेको छ । तयारी गरेको छ ।
हालसम्म विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत १ सय ४२ जनाले निशुल्क मिर्गौला प्रत्यारोपण गराएका छन् भने चार हजार १ सय २ जनाले निशुल्क डायलासिस र ८ जनाले पेरिटोलियल डायलासिस गराएका छन् । आठ हजार ६ सय ४३ क्यान्सरका बिरामीले उपचार सेवा लिएका छन । यसको आधारमा क्यान्सर, मिर्गौलाको उपचार गराइ रहेका विरामीलाई मात्रै मासिक पाँचहजार दिँदा बार्षिक ७८ करोड थप बजेटको जरुरत पर्छ ।

प्रतिक्रिया दिनुहोस्