Logo
|
Thursday 25th April 2024
Logo

epaper

ग्राण्डीमा सघन उपचारबारे नर्सलाई ४ महिने प्रशिक्षक तालिम



काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सघन उपचार नर्सहरुका लागि प्रशिक्षक प्रशिक्षण शुरु भएको छ ।
मुलुकमा क्रिटिकल केयरलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनको सहकार्यमा सो प्रशिक्षण शुरु भएको हो ।
प्रशिक्षण तालिममा बिभिन्न चरणमा छनौट परीक्षा पास गरेर आएका २० जना नर्सको सहभागिता रहेको छ ।
चरणवद्ध रुपमा सञ्चालन हुने चार महिना लामो यस प्रशिक्षणबाट उनीहरुले सघन उपचार नर्सिङ प्रशिक्षकका रुपमा सर्टिफिकेट प्राप्त गर्नेछन् । यसरी सर्टिफिकेट पाएका नर्सहरुले देशभर सघन उपचार नर्सहरुका लागि प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकी असिस्टेन्ट नर्सिङ डाइरेक्टर तथा नेपाल क्रिटिकल केयर नर्सेस एसोसिएसनकी एक्रिडेसन बोर्ड सदस्य लक्ष्मी के.सी.ले जानकारी दिनुभयो ।
त्रिबि शिक्षण अस्पतालसँगको सहकार्यमा रोयल कलेज अफ क्यानडाबाट आएको टोलीले पहिलो ब्याचमा १० जना नर्सलाई नर्स एजुकेटर तालिम दिएका थिए ।
सघन उपचार कक्ष (आईसियू) का तह १, तह २ र तह ३ हुन्छन् । ।
यसमध्ये तह ३ मा सबैभन्दा जोखिममा रहेका बिरामीहरुको उपचार गरिन्छ । आइसियूमा एउटा बिरामीलाई एउटा नर्सको आवश्यकता पर्छ र आईसियूभित्र नै एउटा कन्सल्ट्यान्ट डाक्टर समेत चाहिन्छ । तर, नेपालका अधिकांस अस्पतालहरुमा यस किसिमको व्यवस्था गर्न सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्