Logo
|
Wednesday 24th April 2024
Logo

epaper

गंगालालमा ६ सय ४० स्लाइसको कार्डियाक सिटी स्क्यान



मुटु रोगको निदान, उपचार र रोकथाममा उल्लेख्य योगदान पु¥याउन सफल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २२ वर्ष पार गरेको छ ।
२०५५ साल पुष १५ गते बहिरंग सेवा शुरु भएदेखि हालसम्म १४ लाख ४० हजार बिरामीले केन्द्रबाट बहिरंग सेवा लिन सफल भएका छन् । ५६ हजार बिरामीको क्याथल्याब, २० हजारको मुटु शल्यक्रिया भएको छ ।
यस बर्ष ५९ हजार, ३ सय ४३ को इलेक्ट्रोकार्डियोग्राम, ६२ हजार ४ सय ३४ को इको कार्डियोग्राम, ६० हजार ६ सय ६८ को एक्सरे, १३ हजार १ सय १७ को टिएमटी, ६ सय ६३ को फेटल इको, ६ सय ७५ को क्यारोटाइड डप्लर भएको छ । ४ हजार १ सय ४५ कारोनरी एन्जिओग्राम, १ हजार ५ सय ७१ कोरोनरी एन्जिओप्लाष्टी, ४ सय ४५ पिटीएमसी, ३ सय ६२ को इपिएस÷आरएफए, २ सय ८३ को डिभाइस क्लोजर र ६ सय ३० को पेशमेकर प्रत्यारोपण भएको छ ।
दक्ष जनशक्तिको अभावमा मुटु उपचारका सेवाहरु देशका विभिन्न भागमा विकेन्द्रित गर्न समस्या भएको उल्लेख गर्दै केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु शल्यचिकित्सक डा. ज्योतीन्द्र शर्माले केन्द्रलाई प्रतिष्ठानको रुपमा परिणत गर्न सकेमा मुटु उपचारको सेवालाई बिकेन्द्रिकरण गर्न सकिने उल्लेख गर्नुभयो ।
गंगालालमा मिनिमल इन्भेजिम सर्जरी सेवा पनि चाँडै सञ्चालनमा आउँदैछ । यो सानो घाउ मात्र बनाएर गरिने शल्यक्रिया हो । यसका लागि औजारहरु खरीद गरिसकिएको डा. शर्माले बताउनुभयो ।
केन्द्रले ६ सय ४० स्लाइसको कार्डियाक सिटी स्क्यान खरीद गरिसकेको छ । यो जडान हुने प्रक्रियामा रहेको डाक्टर शर्माले जानकारी दिनुभयो ।
केही वर्षदेखि सरकारले शुरु गरेको १५ वर्षमुनिका बालबालिका तथा ७५ वर्ष माथिका जेष्ठ नागरिकको निःशुल्क उपचार हुँदै आएको परिप्रेक्षमा सो प्रयोजनका लागि यस वर्ष १३ करोड रुपियाँ सरकारले बिनियोजन गरेको छ ।
बाथ मुटु रोगीहरुको सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने सरकारको निर्णय अनुसार हालसम्म ५ सय ९६ जना बिरामीको निःशुल्क शल्यक्रिया भइसकेको छ । गत आर्थिक वर्ष २०७३, ०७४ को फागुन महिनादेखि बाथ मुटु रोगीहरुको निःशुल्क शल्यक्रिया गर्ने सरकारले निर्णय गरेको थियो ।
अस्पतालले आयोजना गरेको २२ औं बार्षिकोत्सवका अवसरमा स्वास्थ्य मन्त्री दिपक बोहोराले मुटु उपचार सेवा ७ वटै प्रदेशमा विस्तार गर्न सरकार कटिवद्ध भएको बताउनुभयो ।
सो अवसरमा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. गीता भक्त जोशी, समाजसेवी शान्ति अधिकारीलगायतले मुटु उपचारको क्षेत्रमा गंगालालले पु¥याएको अतुलनीय योगदानबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्