Logo
|
Thursday 28th March 2024
Logo

epaper

मानव अङ्ग प्रत्यारोपण अब ‘शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’ नामबाट सञ्चालित



भक्तपुरको सल्लाघारीस्थित मानव अंग प्रत्यारोपण केन्द्र अब ‘शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’ नामाकरण भई सञ्चालनमा आएको छ ।

२०७४ पौष १७ गते बसेको मन्त्री परिषद् बैठकले शहिद धर्मभक्त माथेमाको सम्मान गर्दै केन्द्रलाई ‘शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र’ नामाकरण गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य मन्त्री दिपक बोहोराले नयाँ नामाकृत केन्द्रको आज विधिवत् उद्घाटन गर्नुभयो ।
मन्त्री दिपक बोहोराले नेपाल सरकारको यस केन्द्रले पाएको सम्पूर्ण सफलतामा केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ प्रत्यारोपणविद् डाक्टर पुकार चन्द्र श्रेष्ठ र उहाँको टिमको महत्वपूर्ण योगदान भएको उल्लेख गर्नुभयो ।
मन्त्री बोहोराले भन्नुभयो— ‘नेपाल सरकार स्वास्थ्य मन्त्रालय र व्यवस्थापिका संसदको निरन्तर सहयोगमा यस केन्द्रले भविष्यमा योजना गरेको मुटु तथा फोक्सोको प्रत्यारोपण तथा अंग फेल हुन नदिन आवश्यक रोकथामको उपाय अवलम्बन गर्न शुरु गरेको अभियानमा अरु सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।’
सो अवसरमा रक्षा मन्त्री भिमशेन दास प्रधानले केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्वस्थ्य व्यक्ति र मस्तिष्क मृत्यू भएका व्यक्तिबाट अंग दान पुण्य कार्य भएको उल्लेख गर्दै केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ प्रत्यारोपणविद् श्रेष्ठले भन्नुभयो— गाडेर वा जलेर खरानी हुने हाम्रा अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट २ वटा मिर्गौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्रा, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ ।’

 

यस प्रत्यारोपण केन्द्रले डा. पुकार चन्द्र श्रेष्ठको अगुवाइमा स्थापनाको ५ बर्ष भित्रै अङ्ग प्रत्यारोपण क्षेत्रमा उत्कृष्ट कार्य गर्दै देश र विदेशमा समेत राष्ट्रको प्रतिष्ठा उचो बनाउन सफल भएको छ ।
अति गरीव र विपन्न नागरिकको लागि समेत डायलाइसिस, मिर्गाैला प्रत्यारोपण, कलेजो प्रत्यारोपण, मुटु तथा फोक्सोको उपचार सेवा उपलब्ध गराएर यस केन्द्रले सह्रानिय काम गरेको छ ।
तथ्य कुरा त सय शैयाको भवन बाहेक एक इन्च पनि जग्गा नभएको यस केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न जरुरी छ । देशभित्र र विदेशका बिरामीलाई समेत निरन्तर सेवा दिँदै आएको यथार्थलाई ध्यानमा राखी यसको सेवा तत्काल विस्तार गर्नु पर्ने आवश्यकता रहेको छ ।
मेडिकल टुरिजमवाट देशको पैसा विदेशीनबाट रोकिने मात्रै नभई विदेशी पैसा भित्राएर यस केन्द्रले बर्षेनी अर्बौ रुपियाँ बचाउ गरेको योगदानको मुल्यांकन गर्दै यसको विस्तारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय गम्भिर भई तत्काल आवश्यक पहल गर्नुपर्ने देखिन्छ । यसका लागि भक्तपुरका जनप्रतिनिधि, नगरपालिका र स्थानिय जनप्रतिनिधिहरुको सहयोगको अपेक्षा केन्द्रले उल्लेख गरेको छ ।
विश्वकै उदाहरणीय अङ्ग दान र प्रत्यारोपण कानुन निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको यस केन्द्रले डायलाइसिस र मिर्गौैैला प्रत्यारोपण निःशुल्क गराउनमहत्वपूर्ण भुमिका खेलेको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत संचालित यस केन्द्रले नमुनाको रुपमा काम गरेको छ ।
यसवाट अङ्ग फेल भएका लाखौं नेपाली दाजु भाइ दिदि बहिनी र उहाँहरुसँग आश्रित परिवारको ठूलो उद्धार भएको छ ।
वर्तमान सरकारले हालै मिर्गाैलालगायत अरु गम्भिर प्रकृतिका रोगहरुलाई समेत जिविकोपार्जन भत्ता स्वरुप मासिक पाँच हजार रुपियाँ सहयोग दिने कार्यको थालनीले बिरामीहरुलाई थप राहत मिल्ने छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विकास समिति ऐन २०१३ को दफा ३ को अधिकार प्रयोग गरी मानव अङ्ग विकास समिति गठन, आदेश २०६८ अनुसार मिति २०६९ बैशाख ११ गते ओ.पि.डि सेवा सुरुवात गरेको यस केन्द्रले २०६९ कार्तिक २७ (२०१२ नोबेम्बर १२) मा हेमोडायलाइसिस सेवा सुरु गरेको र सोही बर्षको २०६९ माघ ६ (२०१३ जनवरी १९) बाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको थियो । हाल सम्म ३९२ जनाको मिर्गाैला प्रत्यारोपण, २ जनाको कलेजो प्रत्यारोपण, एक लाख भन्दा बढी सेसन हेमोडायलाइसिस, मुटुको शल्यक्रिया, ग्याँष्ट्रोइन्टरोलोजी सेवा, युरोलोजी सेवा, मुटुरोगको उपचारका लागि क्याथल्याव सेवा सञ्चालन गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्