Logo
|
Wednesday 24th April 2024
Logo

epaper

देउराली–जनता फर्मास्यूटिकल्सको २७ औँ बार्षिकोत्सव सम्पन्न (फोटो फिचर)



  शान्त,सुन्दर र समृद्ध नेपाल हामी सबैको चाहना भन्ने मुल नाराका साथ धापासी स्थितमा रहेको देउराली–जनता फर्मास्यूटिकल्स प्रा लि ले मंगलबार २७औं वार्षिकोत्सव मनाएको छ ।  बार्षिकोत्सव समारोहको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका छन् ।

नेपालको निजी क्षेत्रबाट स्थापित गुणस्तरीय औषधि उत्पादनका लागि असल अभ्यास गर्ने र असल औद्योगिक व्यावसायिक संस्कृतिको विकास गर्ने लक्ष्य लिएको यस देउराली जनता फर्मस्युटिकल्सले निजी क्षेत्रबाट स्थापित र करीव तीन दशकको औषधी उत्पादनको अनुभव संगालेको यस कम्पनीले आपना्े उत्पादनलाई अन्तराष्टिय मापदण्ड अनुसारको गुणस्रीयता कायम गर्दै औषधी उत्पादनमा देशलाई आत्मनिर्भताको बाटोमा जाने विश्वास रहेको जानकारी दिए ।

२०७४ ािल माघ १३ गते शनिवार देउरालीयन्स रन नामक म्याराथन दौड देउराली प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सुरज खड्का र बिवेकचन्द्र राई क्रमशः प्रथम र द्वितिय भएका थिए भने महिलातर्फ दीपा श्रेष्ठ प्रथम र रुपा श्रेष्ठ द्वितिय भएका थिए ।

सथै देउराली–जनता फर्मास्यूटिकल्स प्रा लि कम्पनीमा काम गरेका कार्मचारी लाई पनि सम्मान गरिएको थियो । यस कम्पनीलाई सेवा अबधि गर्ने १० बर्ष १५ बर्ष २० बर्ष र २५ बर्ष सेवा अबधि पुरा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदकले सम्मानित गरेको थियो ।

साथै आगामी दिनमा पनि कम्पनीबाट उत्पादित औषधिको उच्चगुणस्तर कायम र्ग गुणस्तरीय औषधि उत्पादनका लागि असल अभ्यास गर्ने, असल औद्योगिक व्यवसायिक संस्कृतिको विकास गर्ने यस देउराली–जनता फर्मास्यूटिकल्स कार्यकारी निर्देशक श्री हरि भक्त शर्मा जानकारी दिनु भयो ।

बार्षिकोत्सवका अवसरमा कम्पनीले नेपाली जनतालाई आवश्यक पर्ने गुणस्तरीय ओषधिहरू स्वदेशमै उत्पादन गर्दै बिदेशी कम्पनीहरूसँग प्रतिश्पर्धा गर्ने क्षमतासहितको व्यवसायिक विकास गर्न कुशल व्यवस्थापकिय नीति अवलम्बन गराउने कम्पालीले जनाएको छ । अहिले सम्म प्राविधिक कर्मचारीहरु सहित कुल ४५० जना व्यक्तिले प्रत्यक्ष रोजगारी गरीरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्