Logo
|
Friday 19th April 2024
Logo

epaper

गैरकानुनी चिकित्सकीय अभ्यासः थुनामा राखेर अनुसन्धान गर्न अनुमति



काठमाडौँ जिल्ला अदालतले गैरकानूनी चिकित्सकीय अभ्यास गर्ने र गराउने १७ जनालाई ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । तिमध्ये १४ विदेशी डाक्टर हुन् भने ३ जना सञ्चालक रहेका छन् । काठमाडौं अदालतका न्यायधीश राजेन्द्र नेपालको इजलासबाट १७ माघ २०७४ मा उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीले उनीहरुविरुद्ध ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
गैरकानूनी चिकित्सकीय अभ्यास गरेको उजुरीको आधारमा नेपाल मेडिकल काउन्सिल, उपभोक्ता हीत संरक्षण मञ्च र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईवी) संयुक्त अनुगमन टोलीले उनीहरुलाई १५ माघ २०७४ मा राजधानीका विभिन्न अस्पतालबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरुमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमिल्सिना, डा.लुङ युङचाओ, लुङ गोयुङ, सिविककी सञ्चालक प्रतिभा पाण्डे, अस्ट्रेलियन नागरिक सराह एन्ने केम्प छन् । यस्तै ठमेलस्थित एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्