Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल मेडिसिटीबाट चितवनमा २ हजारलाई निःशुल्क स्वास्थ्य परीक्षण



काठमाडौंको भैंसेपाटीस्थित अन्तर्राष्ट्रियस्तरको उत्कृष्ठ नेपाल मेडिसिटी हस्पिटलले चितवनमा गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार भन्दा धेरै व्यक्ति लाभान्वित भएका छन् । नेपाल यातायात व्यवशायी राष्ट्रिय महासंघको ५ औं महाधिवेशनमा नेपाल मेडिसिटी हस्पिटलले गरेको निःशुल्क स्वास्थ्यशिविरबाट धेरैले लाभ उठाउन सफल भएका हुन् ।

महासंघमा आबद्ध हजारौं यातायातब्यवशायीहरुको सहभागिता रहेको सो कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका चिकित्सक डा. मेघा कसजु लगायतका चिकित्सक एवं स्वास्थ्यकर्मीहरु चितवनमै रहेर स्वास्थ्य परीक्षणमा संलग्न रहेका छन् ।

७ सय ५० शैयाको नेपाल मेडिसिटी अस्पतालमा मुलुकका सम्बन्धित विधाका उत्कृष्ठ चिकित्सकहरुको पूर्णकालीन उपलब्धताका कारण दूर्घटना लगायतका आकस्मिक सेवामा विभिन्न विभागका चिकित्सकहरुले एकैपटक अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्दै आएका छन् । यद्यपी पछिल्ला दिनहरुमा दुर्घटनाका बिरामीहरु नेपाल मेडिसिटीमा आउन थालेको अस्पतालका मार्केटिङ्ग एक्जिक्युटिभ संजय त्रिपाठीले बताउनुभयो ।

नेपाल मेडिसिटी अस्पतालको सेवा र सुविधा सुलभ एवं सबैले धान्न सक्ने भएकाले सम्पूर्ण नेपाली जनतासमक्ष अन्तर्राष्ट्रिय स्तरको सेवाको पहुँच पु¥याउन अस्पताल लागिपरेको उहाँले स्पष्ट पार्नुभयो ।

नेपालीहरु उपचारका लागि अब विदेश जानु नपर्ने र विदेशमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नेपालमै काम गर्ने वातावरण सिर्जना गरी नेपाल मेडिसिटीले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमै नेपालको स्वास्थ्यउपचारलाई परिचित गराउने अभियानमा लागेको अस्पतालले जनाएको छ ।
निकट भविष्यमा, काठमाडांमौ थप ४ वटा र प्रत्येक प्रदेशमा एक एक वटा आफ्नै अस्पतालको बृहद् योजना सहित नेपाल मेडिसिटी अस्पताल नेपालमा चेन हस्पिटलको अवधारणालाई मूर्तरुप दिने प्रयासमा अघि बढेको अस्पतालका जेनेरल मेनेजर विजय रिमाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्