Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल मेडिसिटीबाट पाटनका महिलाहरुलाई प्रजनन स्वास्थ्य सचेतना



ललितपुरको भैंसेपाटीस्थित अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल नेपाल मेडिसिटीले ललितपुरको पाटन स्थित श्री बहालका महिलाहरुसँग प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम गरी धेरै महिलाहरुलाई स्वास्थ्य सचेतना प्रदान गर्न सफल भएको छ ।
झिः बहुउद्देश्यीय सहकारी संस्था सम्बद्ध करिब १ सय जना महिलाहरुलाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्रयोगात्मक विधिको माध्यमबाट प्रजनन स्वास्थ्यसम्बन्धि सचेतना प्रदान गर्नुभएको थियो ।
अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जुनु बज्राचार्यले उमेर ढल्कदै गएका महिलाहरुमा देखापर्ने समस्याका बारेमा चर्चा गर्दै त्यसबाट बच्ने उपायहरुको बारेमा जानकारी गराउनुभयो । विशेषगरी महिनावारी रोकिएपछि महिलाहरुको स्वास्थ्यमा आउने परिवर्तन तथा समस्याहरुका बारेमा उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी अस्पतालका फिजियोथेरापिष्ट रिमा शाहीले महिनावारी रोकिएपछि कस्तो खालको शारीरिक ब्यायाम गर्ने र त्यसको फाइदा के हुन्छ भन्ने बारेमा अभ्यास तथा जानकारी गराउनु भएको थियो ।
झिः बहुउद्देश्यीय सहकारीका स्वास्थ्य समितिका संयोजक रिता शाक्यले पाटन क्षेत्रका महिलाहरुको स्वास्थ्य अभिबद्धिका लागि नेपाल मेडिसिटी अस्पतालले काम गरिरहेको र यस क्षेत्रका महिलाहरुले यसबाट धेरै लाभ लिन सफल भएको बताउनुभयो । विशेषगरी अस्पताल सबैका लागि सर्वसुलभ रहेको र पाटन क्षेत्रका विरामीहरुका लागि अस्पतालले विशेष सुविधा र सहुलियत प्रदान गरेकोले यसले आफूहरुलाई धेरै सजिलो भएको बताउनुभयो ।
सहकारीका अध्यक्ष बाबुराजा शाक्यले अन्तर्राष्ट्रि«य स्तरको अस्पताल स्थानीयहरुको घरदैलोमै आएर स्वास्थ्य अभिबृद्धिका लागि काम गर्नु सह्रानीय कार्य भएको र आम मानिसहरुलाई आफ्नो स्वास्थ्य प्रति जागरुक हुन मद्धत गर्ने बताउनुभयो ।
७ सय ५० शैयाको नेपाल मेडिसिटी अस्पताल अन्तर्राष्ट्रियस्तरको नेपालकै पहिलो अस्पतालको रुपमा मान्यता प्राप्त गर्ने क्रममा रहेको छ । नेपालको पहिलो ए श्रेणीको प्रमाणपत्र प्राप्त ल्याबको रुपमा यसलाई मान्यता दिएकाले गुणस्तरीय सेवाको प्रत्याभूतिका लागि आफूहरु लागि परिरहेको उक्त अस्पतालका जेनेरल मेनेजर विजय रिमालले बताउनुभयो ।
अस्पतालका सेवा सुविधाहरु सबैले धान्न सक्ने भएकाले आगामी दिनमा नेपाली बिरामीहरुको उपचारका लागि उत्कृष्ट गन्तब्य बन्ने विश्वास आफूहरुमा रहेको उहाँले बताउनुभयो । पर्णकालीन रुपमा नेपालका उत्कृष्ठ चिकित्सकहरुको उपलब्धताका कारण विहान ८ बजे देखि बेलुकी ८ बजे सम्म आफ्नो समय अनुकुल बहिरंग सेवामा स्वास्थ्य परीक्षण गर्ने सुविधा यस अस्पतालले प्रदान गरेको जेनेरल मेनेजर रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्