Logo
|
Saturday 20th April 2024
Logo

epaper

जनश्रमदानबाट स्वास्थ्य एकाइ भवन



पाल्पाको पूर्वखोला गाउँपालिका–१ सिलुवामा स्थानीयको जनश्रमदानमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माण गरिएको छ ।

शिक्षा, स्वास्थ्यलगायतका विविध सेवा सुविधाबाट टाढा रहेको यस क्षेत्रमा यहाँका स्थानीयवासीको जनश्रमदानमा स्वास्थ्य एकाइ भवन निर्माण भएको छ । एकतले तीन कोठासहितको भवन निर्माण गरिएको हो ।

स्थानीयवासीको रु पाँच लाख ५० हजार जनश्रमदान, साविक सिलुवा गाउँ विकास समितिको रु तीन लाख ५० हजार र पूर्वखोला गाउँपालिका वडा नं १ को रु ५० हजार गरी जम्मा रु नौ लाख २८ हजारको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

यस सामुदायिक स्वास्थ्य एकाइमा हाल एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीले सेवा दिँदै आएका छन् । यहाँका स्थानीय चेतन जर्घा र कृष्ण नेपालीले भवन निर्माणका लागि जग्गा सहयोग गर्नुभएको थियो ।

नयाँ भवन निर्माण भएसँगै सेवासुविधा थप हुने स्थानीयवासीले आशा व्यक्त गरेको जग्गादाता कृष्ण नेपालीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्