Logo
|
Friday 29th March 2024
Logo

epaper

आनन्दवन अस्पतालमा कुष्ठरोगी बढ्दै



गोदावरी नगरपालिकाको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचारका लागि आउने बिरामीको संख्या बर्षेनी बढिरेहको छ ।

बहिरङ्ग र भर्ना भएका बिरामीको संख्या बढिरहेको अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । अस्पतालको पछिल्लो पाँच वर्षको बिरामीको तथ्यांक हेर्दा हरेक वर्ष बढिरहेको देखिन्छ । सन् २०१७ मा सात हजार पाँच बिरामीले बहिरङ्ग सेवा लिएका छन् । सन् २०१३ मा पाँच हजार ३८१ बिरामी थिए । भर्ना भएका बिरामीको संख्या २०१३ मा एक हजार ४७९ र २०१७ मा एक हजार ५४० रहेको छ । उहाँ भन्नुहुन्छ, “देशभरमा नयाँ बिरामी पत्ता लाग्ने क्रम बढेसँगै यहाँ उपचारका लागि आउनेको संख्या बढिरहेको छ ।”

अस्पतालमा अहिलेसम्म २० हजार २९० बिरामीले उपचार गराइसकेका छन् । नयाँ बिरामी संख्या १५६ र औषधि खाने कुष्ठरोगीको संख्या ६०१ छ । अस्पतालले अन्य संस्थाबाट सिफारिस भएर आएका बिरामीको समेत उपचार गर्दै आएको संयोजक पोखरेलले बताउनुभयो ।

अस्पतालले कुष्ठरोग प्रभावितलाई समाजमा पुनःस्थापना गर्न समेत सहयोग गर्दै आएको छ । उहाँले भन्नुभयो, “हामीले कुष्ठरोग प्रभावितलाई आवास, सन्तानको शिक्षालगायतमा समेत सहयोग पु¥याउँदै आएका छौंँ ।” नेपालका जम्मा रोगीमध्ये २० प्रतिशतले सो अस्पतालमा उपचार गराएको स्वास्थ्य विभागको तथ्यांकले देखाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्