Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपाल मेडिसिटी र बुद्ध एयर बीच सहकार्य



ललितपुरको भैंसेपाटीस्थित अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक नेपाल मेडिसिटी हस्पिटल र बुद्ध एअरबीच स्वास्थ्य पर्यटन तथा हवाई चिकित्सा सेवालगायत पर्यटन र स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तब्यको रुपमा नेपाललाई चिनाउने अभियानमा दुवै संस्थाबीच सहकार्य भएको छ ।

गैह्र आवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र बुद्ध एयरका कार्यकारी निर्देशक वीरेन्द्र बहादुर बस्नेतले एक सम्झौतापत्रमा हस्ताक्षर गरी सहकार्यको थालनी गर्नुभएको छ ।

नेपालीहरुले अब उपचारको लागि विदेश जानुनपर्ने र संसारमा उपलब्ध सम्पूर्ण सेवा एवं सुविधालाई नेपाल मेडिसिटीमा उपलब्ध गराई नेपालमा मेडिकल पर्यटनको विकास गर्ने अभियानमा आफूहरु लागेको अध्यक्ष डा. उपेन्द्र महतोले बताउनुभयो ।

नेपाली आकाशमा लामो समयदेखि सुरक्षित र भरपर्दो सेवा दिईरहेको बुद्ध एयरसँगको सहकार्यले आगामी दिनहरुमा आन्तरिक तथा बाह्य पर्यटकले समेत नेपाल मेडिसिटीको सेवा उच्च प्राथमिकताका साथ सुलभ रुपमा पाउने छन् ।

नेपाल मेडिसिटी अस्पतालको सेवा तथा सुविधाबाट आम नेपालीहरुले स्वास्थ्यको क्षेत्रमा ठूलो लाभ लिन सक्ने र नेपालको स्वास्थ्यको क्षेत्रमा मेडिसिटी एउटा कोशे ढुंगाको रुपमा रहने विश्वास ब्यक्त गर्दै बुद्ध एयरका कार्यकारी निर्देशक बस्नेतले स्वास्थ्यको क्षेत्रमा बृहत अवधारणा सहित आएको यस मेडिसिटीसँगको सहकार्यले बुद्ध एयर परिवार तथा यात्रुहरुले राम्रो सेवा प्राप्त गर्ने बताउनुभयो ।

कार्यक्रममा त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलका नवनियुक्त महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपाली वायु उड्डयन क्षेत्रमा ख्याती प्राप्त बुद्ध एयर र स्वस्थ्य नेपालको परिकल्पना बोकेको नेपाल मेडिसिटी बीचको सहकार्यले नेपाली आकाश र स्वास्थ्यमा एउटा भरपर्दो आशा जगाएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्वास्थ्य पर्यटन एवं सुरक्षित र भरपर्दो स्वास्थ्य सेवाको यस अभियानमा सहयोग गर्ने बताउनुभयो ।

७ सय ५० शैयाको अत्याधुनिक यस नेपाल मेडिसिटी अस्पतालले आफ्ना सेवाहरुलाई गुणस्तरीय तथा भरपर्दो बनाउन सम्पूर्ण चिकित्सकतथा स्वास्थ्यकर्मीहरु पूर्णकालीन रुपमा ब्यवस्थित गरेको जानकारी दिँदै नेपाल मेडिसिटी अस्पतालका महा प्रबन्धक विजय रिमालले भन्नुभयो—‘ पूर्वाधार, प्रविधि र जनशक्तिको उत्कृष्ट ब्यवस्थापनले गर्दा नेपाल मेडिसिटी नेपाली तथा विदेशीहरुको मन जित्न सफल भएको छ ।’

प्रतिक्रिया दिनुहोस्