Logo
|
Wednesday 24th April 2024
Logo

epaper

जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति



जिल्ला सदरमुकाम धादिङबेंसीमा रहेको धादिङ अस्पताल १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को माघ १० गतेको निर्णय अनुसार धादिङ अस्पतालको स्तरोन्नति भएको जिल्ला अस्पताल सञ्चालन समितिका अध्यक्ष अर्जुन उप्रेतीले जनाएका छन् । अध्यक्ष उप्रेतीका अनुसार मन्त्रिपरिषद्ले माघ १० गतेको निर्णय बमोजिम स्वास्थ्य मन्त्रालयबाट माघ २२ मा पत्र प्राप्त भएको छ ।

जिल्ला सदरमुकाममा रहेको अस्पतालमा बिरामीको अत्याधिक चाप रहेकाले हालको जनशक्ति र भौतिक अवस्थाले थेग्न नसकेपछि आठ वर्ष अगाडिदेखिको स्तरोन्नति प्रयास बल्ल सफल भएको अध्यक्ष उप्रेतीले वताए ।

जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नतिले स्थानीय र जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरुले खुसी व्यक्त गरेका छन् । जिल्ला अस्पताल धादिङका सूचना अधिकृत कृष्णलाल उप्रेतीले ५० शय्यामा अस्पताल स्तरोन्नतिले सबै कर्मचारीमा सन्तुष्टि पैदा गराएको बताए ।

उप्रेतीले अस्पतालको स्तरोन्नतिले कर्मचारीलाई थप हौसला संगै व्यक्तित्व र दक्षताको विकास हुने वताए भुकम्पले क्षतीग्रस्त अस्पताल निर्माणमा आर्थिक सहयोग गरि रहेको संस्था हिमालयन हेल्थ केयरका जिल्ला संयोजक शम्भुसिंह ठकुरीले जिल्लामा ५० शय्याको अस्पतालको आवश्यकताको मागलाई राज्य र संघसंस्थाहरुले सहयोग गरेको बताए । उक्त संस्थाको आर्थिक सहयोगमा सदरमुकाम धादिङबेंसीमा चार करोडको लागतमा जिल्ला अस्पताल र चिकित्सक आवास निर्माणाधीन छ ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्