Logo
|
Friday 29th March 2024
Logo

epaper

उच्च अदालतको फैसला: स्वास्थ्य खबर पत्रिकालाई जरिवाना



ललितपुरको पाटनस्थित उच्च अदालतते बी एण्ड बी अस्पतालको पक्षमा फैसला गर्दै स्वास्थ्य खबर पत्रिकालाई जरिवाना गरेको छ ।
अस्पताललाई गालि बेइज्जति गर्दै लेखिएको समाचारलाई लिएर स्वास्थ्य खबरविरुद्ध बी एण्ड बी अस्पतालले उच्च अदालतमा दायर गरेको मुद्धामा पत्रिकाले अतिशयोक्ति शव्दहरु प्रयोग गरेर अस्पताललाई गाली बेइज्जति गरेको ठहर गर्दै जरिवाना गरेको हो ।
न्यायधीशद्धय शेखरप्रसाद पौडेल र अच्युत प्रसाद भण्डारीको इजलासले गरेको फैसलामा बी एण्ड बी अस्पतालप्रति अतिशयोक्ति शव्द ‘लुटेरा अस्पताल,’ ‘बी एण्ड बी को ब्रम्हलुट,’ ‘यसरी लुट्छन् अस्पताल’ जस्ता शव्दहरु प्रयोग गरी अस्पताललाई गालि बेइज्जत गरेको र प्रतिवादी स्वास्थ्य खबरलाई पाँच रुपियाँ जरिवाना ठहर गरेको उल्लेख छ ।
बी एण्ड बी अस्पतालको पक्षबाट अधिवक्ता पूर्ण राजवंशी र सपना सुवेदीले वहस गर्नुभएको थियो । स्वास्थ्य खबर पत्रिकाको पक्षबाट अधिवक्ता ज्योति बाँनियाले बहस गर्नुभएको थियो ।
गत वर्ष काठमाडौं जिल्ला अदालतले गरेको फैसला  उल्ट्याउँदै उच्च अदालतले स्वास्थ्य खवर पत्रिकालाई जरिवाना गरेको अधिवक्ता पूर्ण राजवंशीले बताउनुभयो । बी एण्ड बी ले उच्च अदालतमा दायर गरेको मुद्धामा यस्तो माग दावी उल्लेख थियो—
‘का.जि.अ.को मिति २०७३।०९।११ को फैसला उल्टी गरी वादी दावी बमोजिम गाली र बेइजति ऐन, २०१६ को दफा ३ बमोजिमको कार्यकसुरमा ऐ.ऐनको दफा ५ बमोजिम हदैसम्मको सजाय गरी विपक्षी प्रतिवादीको उल्लिखित कसुरजन्य कार्यबाट हामीहरुको सामाजिक इज्जत प्रतिष्ठामा धक्का पुगेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति एवं छबिमा गम्भिर क्षति पुर्याई साख गिराउने कार्य गरेकोले हामीहरुकोे इज्जत, प्रतिष्ठा र ख्यातिमा पुर्याएको क्षतिलाई मध्यनजर गरी ऐ.ऐनको दफा १२ बमोजिम रु.१,००,००,०००÷–(एक करोड) रकम विपक्षी प्रतिवादीहरुबाट क्षतिपूर्ति समेत दिलाई भराई न्याय पाऊँ ।’
अस्पतालका अध्यक्ष एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. अशोक बाँस्कोटाले भन्नुभयो—‘पत्रकारिता पेशालाई अबमुल्यन गरेर व्यक्तिगत रुपमा कसैको मानहानी गर्ने किसिमले समाचार संकलन र सम्प्रेषण गर्न हुँदैन ।’

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार अस्पताल सञ्चालन भइरहेकाले बर्षौदेखि कमाएको साख र मनोबल गिराउने प्रवृत्ति हावी भएमा मुलुकको स्वास्थ्यको स्तर बढ्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्