Logo
|
Thursday 28th March 2024
Logo

epaper

खर्च जुटाउन भाँडा माझ्दै क्यान्सरपीडित



झापा धरमपुर–२ की दिलकुमारी थापालाई पाठेघरको क्यान्सर भएको ५ वर्ष भयो । अहिले उनी क्यान्सर अस्पताल भरतपुरमा छिन् । उनी दैनिक उपचारमा नभई भाँडा माझ्न व्यस्त हुन्छिन् ।

अस्तपालतको एक छेउमा क्यान्टिन(चमेना गृह) छ । त्यहाँ उनी दैनिक भाँडा माझ्न खटिन्छिन् । उपचार खर्च धान्न नसकेपछि उनी भाँडा माझेर गुजारा गर्न बाध्य भएकी हुन् ।
दिनभरि क्यान्टिनमा काम गर्छिन् । साँझ परेपछि कुरुवा घरमा बास बस्न जान्छिन् । हेरचाह गर्ने कोही छैन । गाउँकै गोविन्द कोइरालासँग ०६९ मंसिर २७ गते विवाह भयो । त्यसको ४ महिनामै उनमा समस्या देखियो । मासिक २ पटक महिनावारी हुन थाल्यो । श्रीमान्ले नराम्रो रोगको शंका गरे । सुरुमा सामान्य पेट दुख्न थाल्यो । श्रीमान्ले छाडेर काठमाडौं गए । उनलाई उपचार ढिला हुने भन्ने चिन्ता लाग्न थाल्यो । बुवा भीमप्रसादसहित परिवारका सदस्यले भरतपुरस्थित क्यान्सर अस्पताल ल्याए ।
अस्पतालमा दिलकुमारीकोपाठेघरको जाँच भयो । परीक्षणका क्रममा क्यान्सर पुष्टि भयो । चिकित्सकले केमो चढाउन सुझाव दिए । पहिलो स्टेज भएकाले शल्यक्रिया गर्नु नपर्ने भयो । केमो सुरु गरिएपछि सबै कपाल झर्‍यो ।
‘कपाल झरेर ठुटो हुँदा साह्रै रुन मन लाग्यो,’ उनले भनिन् । उनलाई २४ साइकल केमो चढाई सकिएको छ । अहिले कपाल लामो भएको छ । चिकित्सकले रोग निको भइसकेको बताएकाले खुसी छिन् । श्रीमान् दुबईमा गए ।
क्यान्सरको शंका हुनासाथ छाडेर गएको उनले बताइन् । ‘रोग पहिचान हुन नपाउँदै छाडेर जानुभयो,’ उनले भनिन् ‘ पछि त एक कल फोनसमेत गर्नुभएन ।’ दुबईबाट आउनासाथ श्रीमान्ले अर्को विवाह गरे । गतकात्तिकमा उल्टै सम्बन्धविच्छेद ९डिभोर्स० गर्नुपर्‍यो । ‘बिरामी हुँदैमा सम्बन्धविच्छेद गर्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘विवाहको चार महिनामै रोगको उपचार गर्न छाडेर भागेपछि सम्बन्धको अन्त्य भएको हो ।’ क्यान्सर भन्ने थाहा पाएलगत्तै श्रीमान्ले ३ महिना काठमाडांै बसेर सुटुक्क दुबई गए । उनी निराश भइन् । उनलाई जुन बेला श्रीमान्को आवश्यकता थियो । त्यही बेला साथ छोडेर हिँडे । चिकित्सकले पहिलो स्टेज हो आत्तिनु पर्दैन भनेर मनोबल उच्च बनाउने काम गरे । कमजोर आर्थिक अवस्था भए पनि बुवाले हिम्मत गरेको उनले सुनाइन् । घरमा भएका भैंसी, बाख्रा सबै बिक्री गरी उपचारमा खर्चिइन् । सासुससुराले सुरुमा ६० हजार खर्च दिए । त्यसपछि सबै खर्च माइती पक्षले बेहोरे ।
५ वर्ष लामो उपचारपछि परिवारमा आर्थिक अभाव चुलिएको छ । लामो बाटो भएकाले घर आउरजाउ गर्दा समस्या हुने देखिएपछि उनी अहिले अस्पतालकै क्यान्टिनमा काम गर्छिन् । त्यहींको तलबबाट कुरुवा घर र उपचारमा खर्च बेहोर्छिन् । क्यान्टिनमा काम गरेर महिनाको ७ हजार कमाउँछिन् ।
‘त्यही रकमले उपचार गराउँछु,’ उनले भनिन्, ‘बचेको रकमले कुरुवा कोठाको भाडा तिर्छु ।’ त्यहाँ महिनाको १ हजार २ सय तिर्नुपर्छ । ३ लाख रुपैयाँभन्दा बढी खर्चभइसकेको छ । उपचारमा संलग्न चिकित्सक गुरुशरण साहले उनको स्वास्थ्य अवस्था ठीक भएको बताए । ‘बीचरबीचमा फलोअप गर्नुपर्छ,’ उनले भने, ‘अब रोग बल्झिँदैन होला ।’
अस्पतालमा अरू बिरामीको हालत देखेर उनलाई रुन मन लाग्थ्यो । तर हिम्मत हारिनन् । अहिले उनमा क्यान्सर जितेको अनुभव भएको छ ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्