Logo
|
Thursday 18th April 2024
Logo

epaper

हैजाबाट ६ को मृत्यु



दक्षिण अमेरिकी देश मालावीमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भएको छ ।

गत नोभेम्बरदेखि शुरु भएको हैजाका कारण अरु ४३४ जना प्रभावित भएका अधिकारीले आइतबार जानकारी दिएका छन् । हैजाको प्रभाव कारोङगा जिल्लाको सिमानामा सबै भन्दा पहिला देखिएको थियो ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले देशमा फैलिएको हैजाको विषयमा चासो व्यक्त गरेको छ । उसले तत्काल हैजा नियन्त्रणका लागि विषेश पहल गर्न अधिकारीहरुलाई आग्रह पनि गरेको समाचारमा जनाइएको छ ।

मालवीका लागि युनिसेफका प्रतिनिधि जेहनेस वेडेनिङले सफा र उपभोग गर्न योग्य पानीको व्यवस्था गर्ने तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्