Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मानव अंग प्रत्यारोपण केन्द्रको सफलताः ५ सयको मिर्गौला प्रत्यारोपण



भक्तपुरको दुधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रले ४ सय ४ औं मिर्गाैला प्रत्यारोपण सफल पारेको छ ।
वि.सं. २०६९ माघ ६ गतेदेखि मिगौैला प्रत्यारोपण शुरु गरेको यस केन्द्रले ५ वर्षको छोटो अवधिमा सो सफलता हाँसील गरेको हो । यस अघि नेपालको प्रत्यारोपण क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका बरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक तथा मानब अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र प्रा. डा राकेश कुमार वर्माकोे टोलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतलामा सन् २००८ डिसेम्बर देखि ४ वर्षको अवधिमा ९९ वटा मिर्गाैला प्रत्यारोपण गर्नु भएको थियो । सो टोलिबाट हाल सम्म ५०३ मृगौला प्रत्यारोपण भइसकेको छ ।
हालसम्मको मिर्गाैला प्रत्यारोपणमा अंगदाता तर्फ सत् प्रतिशत सफलता हाँसील भएको र मिर्गौला प्रत्यारोपणमा सफलता ९८ प्रतिशतसम्म रहेको वरिष्ठ पत्यारोपण शल्यचिकत्सक एवं केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले जानकारी दिनुभयो ।

मानव अंग प्रत्यारोपण केन्द्रको शल्य चिकित्सक टोलीमा, डा.विजय कटुवाल, डा.विरेन्द्र यादव, डा. नारायण भुसाल, डा. दीपेश श्रेष्ठ छन भने नेफ्रोलोजी विभागबाट प्रमुख कन्सल्टेन्ट डा.कल्पना श्रेष्ठ, डा. सागर श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा.सन्तोष गुरूङ हुनुहुन्छ । यस्तै एनेस्थेसियामा डा.आरती राई, निभा श्रेष्ठ, महालक्ष्मी देउजा, मिलन मगर तथा सदिक्षा रेग्मी प्रत्यारोपणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएको छ । यसैगरी केन्द्रमा को—अर्डिनेटरको रुपमा सुजाता कार्की र सनिसा कार्की खटिने गरेका छन् । नर्सिङ निर्देशक इन्दिरा प्रधान सहित ओटी इन्चार्ज सिजन गुरुङ, मेरिना राणा, आइ.सी.यु इन्चार्ज विना श्रेष्ठ, अनिता कार्की लगायतको नर्सिङ टोलीले समेत प्रत्यारोपण सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको केन्द्रले जनाएको छ ।
वीर अस्पतालको पहिलो ९९ वटा प्रत्यारोपणमा सफलता प्राप्तीमा डा.पुकार चन्द्र श्रेष्ठ, प्रा. डा विजय कुमार शर्मा, डा.बि.आर जोशी, प्रा.डा राकेश बर्मा को महत्वपूर्ण भूमिका छ । यसैगरी नेफ्रलोजी विभागबाट प्रा.डा रजनी हाडा, प्रा.डा राजेन्द्र अग्रवाल, डा.अनिल बरालले नेतृत्व गर्नु भएको थियो । एनेस्थेसिया विभागको नेतृत्व प्रा.डा ब्रम्हदेब झा ले गर्नुभएको थियो भने नर्सिङ तर्फबाट सुधा बैद्य पिया, इन्दिरा प्रधान र रेडिमाया राजभण्डारीले नेतृत्व गर्नु भएको थियो । वीर अस्पतालमा मिर्गोला प्रत्यारोपणा शुरू गर्नमा तत्कालीन निर्देशक डा प्रवीण मिश्र र डा बुलन्द थापा तथा अप्रेशन थियटर उपलब्ध गराउन न्यूरो सर्जन प्रा.डा पवन कुमार सुल्तानियाले विशेष भूमिका खेल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्