Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.श्रेष्ठको पदवहाली, १० दिनपछि अनिवार्य अवकाश



स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. विनोदमान श्रेष्ठको पदबहाली भएको छ । श्रेष्ठ स्वास्थ्य मन्त्रालयमा १२ औं तहका प्रमुख विशेषज्ञ हुन् । ११ माघ २०७४ मा उहाँले विभाग पुगेर पदबहाली गर्नुभएको थियो । आगामी १० दिन पछि उहाँको अनिवार्य अवकाश हुँदैछ ।

यसअघि विभागको महानिर्देशक पदका लागि ११ औं तहका दुई जना एघारौँ तहका चिकित्सक बीच हानथाप र विवाद बढ्दै गएपछि तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराले गत २ माघमा अर्को निर्णय गर्दै मन्त्रालयका प्रमुख विशेषज्ञ श्रेष्ठलाई विभाग पठाएका थिए ।
गत पुस ३० गते मन्त्रीस्तरीय निर्णय गर्दै तत्कालिन मन्त्री बोहराले विभागमा निमित्त महानिर्देशक रहेका डा राजेन्द्र पन्तलाई मन्त्रालय तानेर सो ठाँउमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत डा.तारानाथ पौडेललाई लगेका थिए । सो निर्णय विरुद्ध पन्त सर्बोच्च अदालत जानुभएको थियो । अन्तरिम आदेशसहित उहाँ विभागमै फर्कनुभएको थियो । त्यस लगत्तै बोहराले अर्को निर्णय गर्दै डा श्रेष्ठलाई महानिर्देशक बनाएका थिए ।नयाँ निर्णय सँगै पौडेललाई मन्त्रालय र पन्तलाई पुरानो दरबन्दी भएको ठाँउ राष्ट्रिय क्षयरोग केन्द्रमा पठाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्