Logo
|
Friday 19th April 2024
Logo

epaper

‘मिर्गौला बचाऔं’ अभियान सुभारम्भ



राष्ट्रिय मिर्गौला उपचार केन्द्रले ‘मिर्गौला बचाऔं’ अभियान शुभारम्भ गरेको छ । यो विशुद्ध सामाजिक सेवा भावनाको अभियान भएको विश्व मिर्गौला दिवस २०१८ को पूर्व सन्ध्यामा आज आयोजित मिर्गौला बचाऔं अभियानको शुभारम्भ तथा पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो ।
सो कार्यक्रममा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ एवं केन्द्रका अध्यक्ष डा. ऋषीकुमार काफ्लेले मिर्गौला सम्बन्धि जनचेतना जगाउने, विभिन्न स्थानमा निःशुल्क मिर्गौला परीक्षण शिविरहरु सञ्चालन गर्ने र मिर्गौला रोग उपचारमा सहयोग पुर्याउने उद्देश्यले अभियान अघि बढाइएको जानकारी दिनुभयो ।
बार्षिक ५ सय दान गरी मिर्गौला बचाऔं अभियानमा सहयोगी बन्न सकिने छ ।
यसैगरी यसबर्ष आगामी मार्च ८ गते परेको विश्व मिर्गौला दिवस २०१८ देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइँदैछ ।

यसवर्ष विश्वनारी दिवस पनि सोही दिन परेकाले ‘मिर्गौला र महिला स्वास्थ्य’ भन्ने मुल नाराका साथ यो दिवस मनाइँदैछ । यसरी गम्भीर मिर्गौला रोगका कारण विश्वमा प्रत्येक वर्ष ६ लाख महिलाले ज्यान गुमाइरहेका छन ।

यो रोगबाट विश्वमा १९ करोड ५० लाख महिला प्रभावित छन् । नेपालमा पनि महिलामा मिर्गौला रोग बढ्दै गएको पाइएको छ । यो पुरुषलाई भन्दा महिलालाई बढी लाग्ने गरेको पाइन्छ । १२ प्रतिशत पुरुषमा यो रोगको समस्या छ भने १४ प्रतिशत महिला यसबाट ग्रस्त छन् ।

गर्भवती अवस्थामा गम्भीर मिर्गौला रोग भएका आमा र तिनका शिशुले नकारात्मक प्रभावसँग सामाना गर्नुपर्ने जोखिम बढी छ । गर्भवती अवस्थाका जटिलताहरुले मिर्गौला रोगको खतरा बढाउँछ, प्रिक्याम्प्सिया भएका महिलाहरुमा मिर्गौला रोगको अन्तिम चरणमा पुग्ने सम्भावना ४ देखि ५ दोब्बर बढी हुन्छ । गर्भवती अवस्थाम मिर्गौला रोगबारे जनचेतना, समयमै रोगको निदान र उचित उपचारको नितान्त खाँचो छ । साथै गम्भीर मिर्गौला रोगको अग्रिम निदान गर्न गर्भवती अवस्था एक महत्वपूर्ण अवसर पनि बन्न सक्दछ जसबाट योजनाबद्ध उपचार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्