Logo
|
Thursday 28th March 2024
Logo

epaper

डा. केसीलाई अदालतमा उपस्थित हुने आदेश



अदालतको अवहेलना मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले डा. गोविन्द केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको छ । झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा. केसीविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीश पराजुलीले यस्तो आदेश दिएका हुन् ।

मेडिकल कलेजको सम्बन्धन र सिट निर्धारण गर्ने अधिकार मेडिकल काउन्सिलको भएको भनी सर्वोच्च अदालतबाट जारी आदेशलाई केसीले अनशनमार्फत चुनौती दिएको दाबी गर्दै प्रसाईंले अवहेलना मुद्दा दायर गरेका थिए । आफैँ झगडिया भएको मुद्दाको सुनुवाइ आफैँले गर्दै प्रधानन्यायाधीश पराजुलीले डा. केसीलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेका हुन् । सो मुद्दाको पेसी शारदाप्रसाद घिमिरेको इजलासमा आइतबारका लागि तोकिएको थियो ।

यसअघि प्रधानन्यायाधीश पराजुलीको जन्ममितिका विषयमा लेखिएको कान्तिपुरको समाचारविरुद्ध दर्ता भएको अवहेलना मुद्दामा पनि उनी आफैँले आफैँलाई पेसी तोकेका थिए । आफू झगडिया भएको विषयमा मुद्दा नहेर्ने न्यायिक परम्परा भए पनि पराजुलीले आफ्नो विषयमा परेको मुद्दाको सुनुवाइ गरिसकेका छन् ।डा. केसीविरुद्ध यसअघि पनि अदालतको अवहेलना मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो । त्यसवेला अदालतले डा. केसीलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्