Logo
|
Friday 29th March 2024
Logo

epaper

केन हेल्थ केयर सेन्टरको शाखा वुटवलमा बिस्तार



काठमाडौंको नयाँ बानेश्वरस्थित किड्नी, इन्डोक्राइनोलोजी एवं न्यूरोलोजी सेवा दिँदै आएको केन हेल्थकेयर सेन्टर ५ नम्बर प्रदेशको राजधानी बुटवलको श्रवण पथमा आफ्नो शाखा बिस्तार गर्न सफल भएको छ ।

वुटवल नगरपालिकाका वडानम्बर ६ का वडाअध्यक्ष जगदिश चन्द्र आचार्यले सो केन्द्रको विधिवत उद्घाटन गर्दै केन्द्रको सेवा विस्तारले वुटवलका जनताले मिर्गौला, मधुमेह एवं न्युरोलोजी सेवा आफ्नै घर आँगनमा प्राप्त गर्न सफल भएको बताउनुभयो ।

सो अवसरमा केनका प्रबन्ध निर्देशक दिनेश कक्षपतिले लामो समयको अभ्यासपछि वुटवलमा केन हेल्थ केयर सेन्टरलाई विस्तार गर्न आफू सफल भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा मिर्गौला रोग विशेषज्ञ डा. सागर श्रेष्ठले मिर्गौला रोग साइलेन्ट किलर भएकाले वर्षमा एकपटक जन्मदिनको अवसर पारेर मिर्गौला परीक्षण गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा वरिष्ठ डायटिसियन नानी शोभा शाक्य, रश्मी श्रेष्ठले हरेक व्यक्तिले आफ्नो खानपान र दिनचर्यालाई स्वस्थ्यकर बनाउन सकेमा मिर्गौलालगायतका विभिन्न रोगको समस्या न्यूनिकरण गर्न मद्धत गर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा समाजसेवी महेन्द्र श्रेष्ठ, रुपकिशोर लाकोलले हेल्दी र ह्याप्पी लाइफका साथ लामो समयसमम्म बाँच्नका लागि आफ्नो स्वास्थ्यमा ख्याल गर्नुपर्ने र वर्षमा एकपटक स्वास्थ्य परीक्षणका लागि हरेक दिन थोरै रकम बचत गरेर राख्नुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा स्थानीय समाजसेवी एवं मिर्गौला पीडित प्रविनलाल कक्षपतिले बिरामी भएपछि निकै कष्टकर जीवन बिताउनुपर्ने उल्लेख गर्दै स्वादका लागि नभई स्वास्थ्यका लागि खानुपर्ने र बेलाबेलामा आफ्नो स्वास्थ्यप्रति चासो राख्नुपर्ने बताउनुभयो ।
यसैबीच केन हेल्थकेयर सेन्टरको उद्घाटनको पूर्वसन्ध्यामा बुटवलमा जनचेतनामुलक प्रभातफेरि आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्