Logo
|
Friday 19th April 2024
Logo

epaper

विमान दुर्घटनामा ११ जना एमबीबीएस बिद्यार्थीको ज्यान गयो, वरिष्ठ न्यूरो सर्जन डा.थापा पनि रहेनन्



घाइते विद्यार्थी प्रिन्सी धामी र समिरा व्यन्जनकार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भएको यूएस बांगला एयरको विमान दुर्घटनामा बंगलादेशमा एमबीबीएस अध्ययन सकेर विदामा घर फर्किएका ११ जना बिद्यार्गीको ज्यान गएको छ । फर्किएका १३ जना विद्यार्थीमध्ये २ जनाको उपचार भइरहेको छ । ज्यान गुमाएका सबै बंगलादेशको राजीव रबेया मेडिकल कलेजका बिद्यार्थी हुन् ।

एमबीबीएस अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनुअघि १३ जना विद्यार्थी दुई महिनाको घर विदामा नेपाल फर्किएका थिए । तिमध्ये ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन् । घाइते विद्यार्थी प्रिन्सी धामी र समिरा व्यन्जनकारको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बिमान दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा एल्जिना बराल, चारु बराल, पूर्णिमा लोहनी, मिली महर्जन, नीगा महर्जन, सन्जय महर्जन, सन्जय पौडेल, आशा शाक्य, एन्जिला श्रेष्ठ, सरुना श्रेष्ठ र स्वेता थापा रहेका छन् ।
सो विमान दुर्घटनामा यात्रारत चितवनस्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. बालकृष्ण थापाको समेत ज्यान गएको छ ।
विमान दुर्घटनामा परी ज्यान गुमाएका ४९ जना मध्ये २२ जना नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्