Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्टार हस्पिटलको १२ औं बार्षिकोत्सव, मृदुला भइन् वर्षकी उत्कृष्ठ कर्मचारी



ललितपुरको सानेपास्थित स्टार हस्पिटलले आफ्नो स्थापनाको १२ औं वर्ष पार गरेको छ ।

सो अवसरमा अस्पतालमा १० वर्षदेखि कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको थियो ।

यसरी सम्मानित हुनेहरुमा अस्पतालका सिओओ एवं नेत्र रोग विशेषज्ञ डा. सन्देश जिसी, कर्मचारी नारायण राव, सर्मिला पोखरेल (देवकोटा), भुवन कुमार यादव, सरिना शाक्य, सविता मरहठ्ठा, देवकुमार श्रेष्ठ र विना गुरुङ हुनुहुन्छ ।
यसैगरी अस्पतालमा कार्यरत मृदु ढकाल यस वर्षकी उत्कृष्ठ कर्मचारी ‘इम्प्ल्वाई अफ द इयर’ बाट सम्मानित हुनुभएको छ ।

उहाँलाई अस्पतालका अध्यक्ष इन्जिनियर वसन्त चन्द्र मरहठ्ठाले सम्मान पत्रका साथै १० हजार रुपियाँ नगद प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै अस्पतालका प्रबन्ध निर्देशक डाक्टर शैल रुपाखेतीले बिरामीहरुलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न स्टार अस्पताल सफल हुनमा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।
यसैगरी अस्पतालका सिओओ एवं नेत्र रोग विशेषज्ञ डा.सन्देश जिसीले भन्नुभयो—१२ वर्षमा खोल फर्किन्छ भनेजस्तै यस अवधिमा हामीले चाहना गरेअनुरुप बिरामीलाई अत्याधुनिक सेवा र सुविधा प्रदान गर्न सफल भएको बताउनुभयो ।
यसैगरी अस्पतालका अध्यक्ष इ.मरहठ्ठाले बिरामीहरुलाई प्रदान गरिने स्वास्थ्य सेवा र सुविधामा स्टार हस्पिटल नमुनाको रुपमा प्रस्तुत भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्