Logo
|
Saturday 20th April 2024
Logo

epaper

प्रसिद्ध भौतिकशास्त्री स्टेफेन हकिङको निधन



काठमाडौं : प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको मृत्यु भएको छ। ‘मोटोर न्यूरोन’ रोगबाट पीडित हकिङको ७६ वर्षको उमेरमो बुधबार बिहान मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

क्याम्ब्रिज विश्वविद्यालयको सेन्टर फर थेयोरेटिकल कस्मोलोजीमा अनुसन्धान निर्देशक समेत रहेका हकिङले भौतिकशास्त्र तर्फ नोबेल पुरस्कार पाएका थिए।

हकिङले ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ लगायत कयौँ चर्चित पुस्तकहरू लेखेका छन्। उनका श्रीमतीसहित दुई छोरा छन्।

किशोर अवस्थामा मोटर न्यूरोन रोगले आक्रमण गरेपछि अपांग बनेका हकिङलाई सन १९६४ मै चिकित्सकले दुई वा तीन वर्ष मात्रै बाच्ने बताएका थिए । तर उनलाई रोगले च्याप्ने मात्रा अनुमान गरेभन्दा निकै मन्द गतिमा भएका कारण उनी  लामो समय बाच्ने सफल भएका हुन ।

उनले  १३ वटा विषयमा मानार्थ डिग्री प्राप्त गरेका थिए ।अन्नपूर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्