जब हातका औंलाहरु थरथर काप्न थाल्छ

जनस्वास्थ्य सरोकार || प्रकाशित मिति :2018-03-19 13:54:21

 

डा.रेशा श्रेष्ठ, न्यूरो सर्जन,अन्नपूर्ण न्यूरो हस्पिटल

विश्व स्वास्थ्य संगठन भन्छ—यस किसिमको समस्या करिब १ प्रतिशत जनसंख्यामा देखिन्छ । ६० वा त्यो भन्दा बढी उमेरका व्यक्तिमा १—२ प्रतिशत र ८० वा त्यो भन्दा धेरै उमेरका ३ प्रतिशत व्यक्तिमा यस किसिमको समस्या देखिने गर्छ । अमेरिकन तथ्यांकले विश्वभर ७०—८० लाख पार्किन्सनका बिरामी रहेको देखाएको छ । तर नेपालमा पार्किन्सनका कति बिरामी छन् ? भन्ने एकिन तथ्यांक छैन ।
चिकित्सकीय भाषामा पार्किन्सन रोग न्यूरो डिजेनेरेटिभ समस्या हो । यस किसिमको समस्यामा उमेर अनुसार ब्रेनको एउटा भाग सुक्दै जान्छ । यो इडियोप्याथिक रोग हो । यस किसिमको समस्याबारे मेडिकल साइन्सले पनि पत्ता लगाउन सकेको छैन । खासगरी बढ्दो उमेरलाई कारक मानिएको छ ।
यस किसिमको समस्या मा मस्तिष्कले सक्रिय रुपमा काम गर्न सक्दैन । मस्तिष्कको बीच भागमा रहेको सब्ट्यान्सिया नाइग्राडोपामिन नामक एक रसायन उत्पादनमा कमी भएमा मस्तिष्कले काम गर्न सक्दैन । डोपामिनले शरीरका हरेक अंगहरुलाई चाल गतिमा ल्याउन मद्दत गर्छ ।
यो स्नायु प्रणालीसम्बन्धि रोग हो । धेरैमा यो कम्पनबाट शुरु हुन्छ । शरीरका अंगहरु कापिरहन्छन् । शुरुवातीको अवस्थामा बिरामीलाई लक्षण थाहा पाउन गाह«ो पर्छ ।

समस्या
शुरुमा हातको एउटा नाडी वा धेरै औंला काप्न शुरु हुन्छ । यो धेरै समयसम्म कापिरहन लाग्छ र यसको प्रभाव अन्य अंगमा पनि देखिन शुरु हुन्छ । टेबुल, घुँडा, जमिन, कुर्सी आदिमा हात टेकाउँदा स्पष्ट रुपमा कम्पन देखिन्छ । यसबाट दैनिक गरिने क्रियाकलापमा समस्या आउन थाल्छ । जस्तै—लेख्ने, सर्टको टाँक लगाउने, दा¥ह«ी बनाउने, जुँगा वा कपाल काट्ने, सियोमा धागो उन्ने आदि । खुट्टामा पनि यसको प्रभाव बढ्दै जान्छ । बिस्तारै, ढिलो ढिलो गरी हिँड्ने, हिँड्दाखेरी गोडा घिसार्ने, बिस्तारै उठ्ने जस्ता समस्या देखिन्छन् । शरीरका मांशपेशीमा तागत नभएजस्तो हुन्छ र फूर्तिका साथ काम गर्न सकिदैन । आफूलाई हातखुट्टा बाँधिएको जस्तो लाग्छ र भारीपनाको महसुस हुन्छ ।
हिँड्दा शरीर स्थीर हुन्छ, शरीर अघि पछि ढल्किदैन, बसेर उठ्दा समय लाग्छ । हिँड्दा हिँड्दै रोकिने वा पछाडि फर्किएर हेर्न समस्या हुन्छ । अनुहारको रुप बदलिन्छ । आँखा झिम्क्याउन गा¥ह«ो हुन्छ । आँखा खुलै रहन्छ । अनुहारको भाव शून्य देखिन्छ । कुरा गर्दा अनुहारमा हुने भाव, मुद्रा (हाँस्नु, मुस्कुराउनु, रिसाउनु, दुःख, भय आदि) प्रकट हुँदैन । खाना निल्न गा¥ह«ो, घाँटीमा खाना अड्किने, गिलास वा कपमा केही खाँदा हल्लिएर पोखिने, मुखबाट ¥याल झरिरहने, चपाउन समय लाग्ने, खोकी लाग्ने आदि पार्किन्सनका लक्षण हुन् । यसका साथै मानसिक स्वास्थ्यमा असर , निद्रा नआउने, तौल कम हुने, कब्जियत, स्याँस्याँ हुने, पिसाब फेर्न समस्या, चक्कर लाग्ने, उभिरहँदा अध्याँरो देखिने, सेक्समा कमजोरी आदि हुनसक्छ ।

मुख्य लक्षण
– हातको कम्पन
– शरीर कडा हुने
– सुस्त
-रक्सी खाएजस्तो ढलमलाउने
-अनुहारमा कुनै एक्सप्रेसन नभएजस्तो हुने

शरीरमा डोपामिन उत्पादनमा कमी देखिएमा सामान्यत सिनडोवा औषधि सेवन गर्न सिफारिस गरिन्छ । यसले पनि शरीरमा डोपामिन उत्पादनमा मद्दत गर्छ र हातखुट्टा चल्ने गर्छन् ।
केही बर्षअघि मात्र पार्किन्सनको डिप ब्रेन स्टिमुलेसन डीबीएस प्रयोग गरी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई सजिलै हातखुट्टा चलाएर फटाफट हिँड्न सक्ने अवस्थामा पु¥याइएको थियो ।
शल्यक्रियाको माध्यमबाट छातिमा पेशमेकर राख्ने र त्यसको तार मस्तिष्कमा जोडी १० देखि १५ दिनमा छालाबाहिरबाट चार्ज गर्ने प्रक्रिया हो यो । लामो समयदेखि कलाकार श्रेष्ठलाई शरीरको दाहिने भाग अ¥ह«रो भएर समस्या पारेको थियो । उहाँको भनाइअनुसार, ७—८ वर्ष पहिले अलि अलि अ¥ह«रो भएको थियो । खासै वास्ता भएन । तीन चार वर्षदेखि उहाँलाई आफ्नो दैनिक काममा अवरोध हुन थालेपछि सम्बन्धित चिकित्सकलाई देखाउनुभयो र समस्या पहिचान गरी वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तको टिमद्धारा उहाँमा डीबीएस राखिएको थियो ।

    Comment Here!