Logo
|
Friday 19th April 2024
Logo

epaper

मांशपेशी र नशाको नियन्त्रण गुम्ने समस्या



डा. राजु पौडेल, वरिष्ठ न्यूरो फिजिसियन, ग्रान्डी इन्टरनेशनल हस्पिटल

नशा सुक्दै गएर मस्तिष्क र मेरुदण्डलाई असर पार्ने गम्भिर प्रकारको रोग मोटर न्यूरोन हो । यो स्नायुसम्बन्धि रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । नेपालमा यस रोगका बिरामी कति छन् भन्ने बारे इपिडियोमोलोजिकल लथ्याङ्क छैन । यस रोगको प्रभाव कम गर्न सिफारिस गरिएका केही औषधि र उपचार विधि पनि एकदमै महँगा छन् । रोग लागेका बिरामीहरु औसत ५ देखि १० वर्षसम्म बाँच्ने अध्ययनले देखाएको छ ।
यस रोगले बिरामीलाई बोल्न, हिँड्न, खाना निल्न अफ्ट्यारो बनाउँदै अन्ततः व्यक्तिको मृत्यूसमेत गराउन सक्छ ।
मोटर न्यूरोन एक लाखमा एक जनालाई हुने गर्छ ।
मांशपेशी र नशामा रहने नियन्त्रण गुम्दै जाने यस रोगलाई एम्योट्रोफिक ल्याटेरल सकेलेरोसिस (एएलएस) पनि भनिन्छ ।
अमेरिकामा यस रोगका बिरामी वर्षेनी ५ हजार जनाका दरले बढिरहेका छन् । विश्व चिकित्सा क्षेत्रमा यो रोग ठूलो चुनौतिका रुपमा देखापरेको छ । निदानका लागि अनुसन्धानहरु भएपनि सार्थक प्रगति भएको पाइएको छैन ।
शुरुवात्का लक्षण
– हिँड्दा लडबडाउने र लड्ने ।
– सामान्य वस्तु पनि हातले समाउन अफ्ट्यारो हुने ।
– बोली लड्बडाउने ।
– खानेकुरा निल्न गा¥ह«ो ।
– मांशपेशी बाउँडिने अर्थात फिरफिर चल्ने ।

रोग बढ्दै गएपछि देखिने लक्षण
– श्वासप्रश्वासमा समस्या ।
– शरीर थाक्ने ।
– शारीरिक तौल घट्ने ।
– स्मरणशक्ति घट्ने ।
– धेरै हाँस्ने वा रुने ।

कारण
यस रोगको कारण अझैपनि पत्ता लागेको छैन । यसबारे विभिन्न अध्ययन अनुसन्धानहरु भइरहेका छन् । हालसम्मको अध्ययनअनुसार मोटर न्यूरोन हुनसक्ने कारणमा निम्न कुरालाई लिइएको छ ।
-भाइरल संक्रमण
– वातावरणीय प्रदूषण
-रसायनको अत्यधिक प्रयोग
– प्री—म्याच्युर्ड एजिङ अफ मोटर न्यूरोन
-वंशाणुगत आदि

उपचार
विभिन्न फिजियोथेरापी गराएर हिँड्न सजिलो र समानहरु समात्न सहज बनाउन सकिन्छ । यसैगरी श्वासप्रश्वास सम्बन्धि समस्यामा घाँटीमा सानो प्वाल पारेर सास फेर्न बैकल्पिक बाटो बनाएर सहजीकरण गर्न सकिन्छ । खाना निल्न गा¥ह«ो हुने समस्या निराकरणका लागि पेटमा प्वाल पारेर खाना खुवाउने बाटो बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्