Logo
|
Thursday 28th March 2024
Logo

epaper

यसरी हुनसक्छ मस्तिष्कघात



प्रा.डा. रबिन्द्र श्रेष्ठ, वरिष्ठ नसा रोग विशेषज्ञ, काठमाडौं मेडिकल कलेज/ओम अस्पताल

विश्व स्वास्थ्य संगठन भन्छ—‘प्रतिवर्ष विश्वमा हुने १ करोड ५० लाख मस्तिष्कघातमध्ये १५ लाख व्यक्ति चिकित्सकको उपचारपछि सामान्य अवस्थामा फर्किन्छन् ।’ त्यसमा ७५ लाख अपाङ्ग हुने गर्छन् भने ५० लाखको ज्यान जान्छ ।
मस्तिष्कमा रक्तनली खुम्चिएर वा र फूटेर मस्तिष्कको भाग निस्क्रिय भई प्यारालाईसिस हुने रोगलाई मस्तिष्कघात भनिन्छ । यसलाई बृद्धावस्थाको रोग पनि भनिन्छ ।
प्रायः ६० वर्ष नाघेकाबृद्धावस्थामा यस प्रकारको समस्या धेरै देखिनसक्छ किनभने बृद्धावस्थामा मस्तिष्कका नशाहरु साँघुरिदै जाने र यो उमेरमा उच्चरक्तचाप र मधुमेहको बढी जेखिम हुन्छ । महिलाहरुको तुलनामा पुरुषहरुमा मस्तिष्कघातको संभावना बढी हुन्छ ।
अवस्थ्यकर जीवनशैली र खानपानका कारण र जीवनशैलीमा आएको परिवर्तनले युवावस्थामा पनि देखिन थालेको छ । वंशाणुगत कारण पनि मस्तिष्कघात हुनसक्छ । जन्मजात मस्तिष्कको नशा सुन्निएको वा राम्रोसँग नशाको विकास नभएका बच्चाहरुलाई मस्तिष्कघात हुने गर्छ ।

मस्तिष्कघातका कारक
– उच्च रक्तचाप
– मधुमेह
– बुढ्यौलीपन
मद्यपान, धुम्रपान, मुटुको चालमा गडबडी, मुटुुरोग तथा रक्तसञ्चारसम्बन्धित समस्या (जस्तै—एट्रियल—फ्रिबिलेसन, अथेरोस्क्लेरोसिस, डिप भेन थम्बोसिस, एन्युरिजम, पुरानो माइग्रेन) ले मस्तिष्कघातलाई निम्त्याइरहेको छ ।

उच्च रक्तचाप र मस्तिष्कघात
उच्च रक्तचापले मस्तिष्कका नशाहरु फूलेर फूट्न सक्छन् । यसबाट मस्तिष्कलाई रगत आपूर्ति गर्ने नशा निस्कृय भई मस्तिष्कघात हुनसक्छ । यसका साथै उच्च रक्तचापले मस्तिष्कमा रगत आपूर्ति गर्ने नशा साँघुरिएर मस्तिष्कघात हुनसक्छ ।
मधुमेह र मस्तिष्कघात
मधुमेहको समस्यामा रगतमा चिनी र कोलेस्ट्रोलको मात्रा बढ्ने कारण मस्तिष्कमा रगत आपूर्ति गर्ने नशा साँधुरो हुन्छन् । यसबाट मस्तिष्कघात हुने संभावना हुन्छ ।

लक्षण
मस्तिष्कघात कुनै पनि व्यक्तिलाई एक्कासी हुनसक्छ । यसमा
-शरीरको कुनै एक भाग प्यारालाईसिस
– सहन नसक्ने गरी टाउको दुख्ने
– रिंगटा लाग्ने
– शरीरको एक भागमा झमझम गर्ने
– होस हराउने
– बोली लर्बराउने
– दृष्टिमा समस्या
– मानसिक असन्तुलन
-पसिना आउने
– बान्ता हुने आदि ।
मस्तिष्कघाको अवस्था पहिचान गर्न एमआरआई वा सिटी स्क्यान गर्नुपर्छ । यसबाट मस्तिष्कको कुन भाग निश्क्रिय भएको छ भन्ने कुरा स्पष्ट हुन्छ । यसरी नशा खुम्चिएको वा फूटेको भन्नेबारे स्पष्ट हुन्छ ।

उपचार
प्रायः अधिकांश मस्तिष्कघातको उपचार औषधिबाट गरिन्छ । केही मस्तिष्कघातमा शल्यक्रियाको जरुरी पर्नसक्छ । मस्तिष्कमा धेरै रगत जमेको अवस्थामा शल्यक्रिया गरेर यसलाई निकाल्नुपर्छ । एन्युरिजमको समस्याले भएको मस्तिष्कघातमा शल्यक्रिया गर्न जरुरी हुन्छ । यसरी औषधि वा शल्यक्रिया गरेर निको बनाएका बिरामीहरुका लागि फिजियोथेरापीको महत्वपूर्ण भूमिका हुन्छ ।
रोकथाम
रक्तचाप र मधुमेह नियन्त्रण गर्नुपर्छ । आफ्नो जविनशैली र खानपान सन्तुलित र अनुशासित बनाउनुपर्छ । मधुमेह र कोलेस्टेरोल नियमित जाँच गराउनुपर्छ । धूम्रपान, मद्यपान, सूर्ति र नशालु पदार्थ सेवन गर्न हुँदैन । मोटोपन नियन्त्रण गर्नुपर्छ । नियमित व्यायाम गनुपर्छ । तनाव लिन हुँदैन ।

प्रतिक्रिया दिनुहोस्