Logo
|
Friday 29th March 2024
Logo

epaper

पीडादायी सेक्स विकृत हो या मजा



“अब समागमको तरिका पहिलेको जस्तोमात्र कहाँ हुन्छ र ? तौरतरिका परिवर्तन भइसक्यो । यो मानिसलाई झुण्ड्याउने सामग्री हो । यो हात खुट्टा बाँध्ने पेटी हो । यो कोर्रा हो । हात खुट्टा बाँधिएको मानिसलाई यसमा झुण्ड्याएर यो कोर्राले हानिन्छ । उसलाई पीडा दिइन्छ । उत्तेजित तुल्याइन्छ । अनि झुण्ड्याइएकै अवस्थामा समागम गर्ने गरिन्छ” नयाँसडकस्थित नाइस एन नटीका सञ्चालक प्रवीण ढकालले यौन सामग्रीको प्रयोग विधिबारे भन्नुभयो ।
समयको परिवर्तनसँगै समागममा प्रविधिको प्रयोग सुरु भएको छ । परम्परागत विधि र तरिका होइन, चरम आनन्द र सुखका लागि नयाँ प्रविधिको उपयोग गर्ने गरिएको छ । यस्ता प्रविधि विदेशका लागि नौलो होइनन् । नेपालमा पनि प्रवेश भइसकेको अवस्था छ । यो विधिको ठ्याक्कै नेपालीकरण त गरिएको छैन, तर यसलाई सरलीकृत भाषामा पीडादायी सेक्स भन्नु अतिशयोक्ति नहोला ।
पीडादायी सेक्समा प्रयोग गरिने सामग्री बिक्री गर्दै आउनुभएका ढकालले थप्नुभयो, “दक्षिण एसियाका मानिसहरु समेत छक्क पर्छन् । उनीहरुले नेपाल सेक्सको मामिलामा निकै अगाडि बढिसक्यो भनेर भन्ने गरेका छन् । सम्भवतः पीडादायी सेक्स गर्नेहरुमा दक्षिण एसियामै नेपाली युवा अगाडि छन् ।”
मानिसको मन हो । मनले जे चाहन्छ त्यही गर्छ । त्यही रोज्छ । महिला तल र पुरुष माथि रहने क्रिडामात्र अब सोच्दैनन् नेपाली युवाले । महिलालाई डोरीको सहायताले बलियो अंकुसमा झुण्ड्याइन्छ । अनि पीडा दिन थालिन्छ । त्यो पीडाले दुवै निकै उत्तेजित बन्न थल्छन् । त्यो उत्तेजनापछिको चरम आनन्दको अनुभूतिका बारेमा यस्तो विधि अपनाउनेहरुलाई नै थाहा हुन्छ ।


नेपाली बजारमा मात्र होइन, वेवसाइटबाट अन्तर्राष्ट्रिय बजारबाट पनि यस्ता सामग्री खरिद गर्न सकिन्छ । यस्ता सामग्री धेरै महंगो पनि हुँदैनन् । सामग्री हेरेर २५ अमेरिकी डलरदेखि दुई सय अमेरिकी डलरसम्ममा पाउन सकिन्छ । नेपाली बजारमा डेढ हजारदेखि पाँच हजार रुपियाँसम्म सजिलै पाइन्छ ।
नाइस एन नटीका सञ्चालक ढकालले यस्ता सामग्री बढी जसो नेपाल आएका विदेशीले किन्ने गरेको बताउँदै भन्नुभयो, “नेपाली केटीहरु पनि आउँछन् । केटाहरु पनि आउँछन् । बढी जसो विदेशीहरुले खोज्छन् । उनीहरुसँग यी कसमाथि प्रयोग गर्छाै भनेर सोध्ने गरिँदैन । तर मलाई लाग्छ विदेशी पुरुषले नेपाल बसाइका क्रममा नेपाली महिलामाथि नै प्रयोग गर्ने गर्दछन् । विदेशी महिला पनि किन्न आउने गरेका छन् । सायद उनीहरुले नेपाली युवासँगको सेक्समा प्रयोग गर्छन् कि ?”
पीडादायी सेक्सका लागि प्रयोग हुने सामग्रीलाई बोण्डेज एण्ड गियर भनिन्छ । हुन त अरुको बुझाइमा यो पीडादायी सेक्स भए पनि प्रयोगकर्ताको तर्कमा मनोरन्जनात्मक खेल भन्ने नै हुने गर्दछ । “यी सामग्री प्रयोगकर्ताहरुका अगाडि हामीहरु परम्परागत ठहरिन्छौँ । उनीहरु पीडादायी सेक्स यादगार हुन्छ भन्छन् । रमाइलो हुन्छ भन्छन् । यसलाई खेलका रुपमा लिने गर्दछन् । त्यसबाट हुने आनन्दका बारेमा प्रयोगकर्ताहरु नै जानुन्” उहाँले भन्नुभयो ।
अमेरिकामा गरिएको एक अध्ययनले २४ प्रतिशत युवाले बोण्डेजको प्रयोग गरी सेक्स गर्दा चरम आनन्द आउने गरेको धारणा राखेको देखाएको थियो ।
सामग्री कस्ता कस्ता 
सबैभन्दा बढी त डोरी नै बिक्री हुन्छ । विशेषखाले नाइलनको बोण्डेज डोरी प्रयोगमा ल्याइन्छ । विशेषगरी यसले महिलाको हात, खुट्टा र जीउ बाँध्ने गरिन्छ । सेक्सका लागि तड्पाइन्छ । चरम अवस्थामा बल्ल समागम गरिन्छ । यस्ता डोरी १० फिटदेखि ५० फिट लामो हुन्छन् । यिनको प्रयोगले शरीरमा घाउ हुन दिँदैन ।
हथकडी पनि प्रयोग गरिन्छ । छाला, कपडा वा फलामे हथकडी प्रयोग गरिन्छ । दुवै नाडीलाई हथकडीले बाँधिन्छ । अचेल फलामे छड प्रयोग गरिएका ओछ्यानोको चलन छ । त्यस्ता ओछ्यानोमा हथकडीलाई अड्काइन्छ । त्यसपछि महिला वा पुरुषलाई उत्तेजित पार्ने काम गरिन्छ । शरीरका अंगहरुमा औँला वा जिब्रोले स्पर्श गरी निकै उत्तेजित तुल्याइन्छ । अचेल भाइब्रेटर (मेसिन) पनि उत्तेजित तुल्याउन प्रयोग गर्ने गरिन्छ । पीडादायी सेक्समा पल्किएकाहरुले कोर्रा हानेर पीडा दिएर उत्तेजित बनाउँछन् र सेक्स गरिन्छ ।
कोर्रा (चाबुक)लाई पनि महत्वपूर्ण साधनका रुपमा लिने गरिएको छ । कोर्रा डोरी, छाला वा प्लास्टिकको हुन्छ । यस्ता कोर्राले हल्कारुपमा हानेर पीडा दिइन्छ । यस्ता कोर्राले शरीरमा डाम वा मासु नै निकाल्ने गर्दैन । पीडादायी सेक्समा प्रयोग गर्नका लागि भनेरै बनाइएको हुन्छ ।
यसैगरी पुरुषको लिँगलाई ताल्चा लगाउने सामग्रीलाई पनि बोण्डेजकाको साधनकारुपमा लिइन्छ । लिँगलाई फलामे साधनभित्र छिराइन्छ र ताल्चा लगाइन्छ । त्यसको साँचो महिलासँग हुन्छ । पुरुषलाई निकै तडपाएर अन्तिममा ताल्चा खोलेर यौन आनन्द लिने गरिन्छ । यस्तो ताल्चालाई सबैभन्दा महंगो पर्दछ । नेपाली बजारमा यस्तो सामग्रीलाई छ हजार रुपियाँसम्म पर्दछ ।
अनुहार छोप्ने साधन (मास्क) पनि प्रयोग गर्न सकिन्छ । केटा वा केटीको मुहारै ढाक्ने वा आँखा मात्र छोपिने साधन पाइन्छ । आँखा देख्न नसक्ने बनाइएपछि उसलाई चिमोट्ने, सुमसुम्याउने वा अन्य कार्य गरेर उत्तेजित गर्ने गरिन्छ ।
यस्ता सामग्री अनलाइनबाटै खरिद गर्ने गरिएको पाइन्छ । पसलमै गएर किन्न अप्ठेरो लाग्ने वा हिचकिचाहट हुनेहरुका लागि अनलाइन सबैभन्दा उपयुक्त माध्यम हो । नेपालमा अनलाइनबाट अर्डर गर्न सकिन्छ । स्वदेशी बिक्रेताका साथै विदेशबाट पनि मगाउन सकिन्छ ।
चिकित्सकको सल्लाह
चिकित्सकहरु भने यसलाई अप्राकृतिक यौन कार्य भन्छन् । मानिसले सेक्स दुई कारणले गर्दछ, सन्तान प्राप्ति र मनोरन्जन (आनन्द)का लागि । त्यसैले मानिसले स्वभाविक सहवास गर्नुपर्दछ भन्ने तर्क चिकित्सकहरुको छ ।
ग्राण्डी अस्पतालका चर्म तथा यौन रोग विशेषज्ञ डा. सागरमणि झाले पीडादायी यौन सहवासलाई बिकृतिका रुपमा लिन सकिने बताउनुभयो । “प्रकृतिले दिएको कुरालाई स्वीकार्नुपर्दछ । पीडा दिएर गरेमा यसले मानसिक तथा स्वास्थ्यसम्बन्धी असर पार्न सक्दछ” उहाँले भन्नुभयो ।
उहाँका अनुसार केटा र केटी बीच सल्लाह गरेर यस्ता कार्य गरेमा मानसिक असर नपर्न सक्ला तर एक जनालाई पीडा दिएर अर्काेलाई मजा आउने प्रक्रियाले कुनै बिन्दूमा पुगेर समस्या सिर्जना गर्न सक्ने सचेत बनाउँदै उहाँले भन्नुभयो, “घाउ हुन सक्दछ । मानसिक विरामी हुने अवस्था पनि सिर्जना हुनसक्दछ । त्यसैले सचेत रहनुपर्दछ ।”

प्रतिक्रिया दिनुहोस्